५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोश्रो संविधान संशोधन प्रस्ताव संसदमा पेस

११ बैशाख २०७४, सोमबार १२:१३

बैशाख ११, काठमाडौँ । सरकारले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ व्यवस्थापिका–संसद् बैठकमा प्रस्तुत गरेको छ । 

सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा सो संशोधन प्रस्ताव प्रस्तुत गर्दै संविधान कार्यान्वयन प्रक्रिया सरलीकृत बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताउनुभयो । संविधान कार्यान्वयन गरी निर्वाचनमा सबैलाई सहभागी हुने र निर्वाचनका लागि उपयुक्त वातावरण हुने गरी संशोधन ल्याइएको उहाँको तर्क थियो । 

यसअघि संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गरेको विरोधको सूचनालाई संसद्को बहुमतले अस्वीकृत गरेको थियो । 

बैठकमा सांसद सुवालले संशोधन द्रुत मार्गमा पारित गर्नु लोकतन्त्र विपरीत हुने बताउँदै सीमाङ्कन गर्दा प्रदेशको सहमति नचाहिने र स्थानीय तह बढाउने संशोधनका प्रावधानप्रति आपत्ति जनाउँदै नागरिकतालाई सजिलो र सस्तो नबनाउन माग गर्नुभयो । 

आजको बैठकले ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिका तर्फबाट गणेशप्रसाद विमलीले ‘वनस्पति विधेयकलाई फिर्ता लिनेसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गर्नुभएको थियो । संसद्को अर्काे बैठक यही वैशाख १२ गते अपराह्न १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने