२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसको उम्मेदवार तय गर्ने संयन्त्र पुरानै

२०७४, १२ बैशाख मंगलवार ०९:३८

बैशाख १२, काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने जिल्लास्तरीय पुरानै संयन्त्रलाई यथावत् राखेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी र कार्यसम्पादन समितिका उपलब्ध सदस्य बैठकले यही वैशाख ११ गते जिल्लामा गरेको परिपत्रलाई सच्चाई संयन्त्रमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि राख्नु नपर्ने निर्णय गरेको हो । 

पार्टीले सोमबार जिल्लास्थित संयन्त्रमा सम्बन्धित जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई पनि थप गर्न परिपत्र गरेको थियो । जिल्लाबाट उम्मेदवार चयन गर्ने संयन्त्र ठूलो हुँदा निर्णय गर्न अफ्ठ्यारो हुने गुनासो आएपछि पुरानै परिपत्रानुसार काम गर्न पार्टीले आज परिपत्र गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

बैठकले यसअघिको परिपत्रमा उल्लेख भएको अधिकतम सहमतिका सट्टामा सहमतिका आधारमा निर्णय गर्न सक्ने नयाँ परिपत्र गरेको छ । काँग्रेसले गत चैत १६ गते पार्टीका स्थानीय संरचनामा संयन्त्र बनाई उम्मेदवार चयन गरिने परिपत्र पठाएको थियो । 

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा