बैशाख १५, भक्तपुर । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १५, भक्तपुर । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफ"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस भक्तपुरको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस (सुचिसहित)

१५ बैशाख २०७४, शुक्रबार १०:४६


बैशाख १५, भक्तपुर । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । 

नेपाली काँग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवारको छान्न सकस भएको छ । 

नेपाली काँग्रेस चुनाव प्रचार समितिका संयोजक केदार खड्काका अनुसार भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद तमखु र ऋषिकेशभक्त तिमिला तथा उपप्रमुखका लागि कोपिला कायस्थ र अम्बिकादेवी झाको नाम सिफारिस भएको छ । 

मध्यपुर थिमि नगरपालिकामा भने प्रमुखका लागि मात्रै अष्टकुमार कवेँ, सन्तोष भट्टराई, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर, मुरारी आचार्य, गोकुल शर्मा र जीवन सिजापति गरी १० जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा उर्मिला वन, अञ्जना मढिकर्मी, भगवती अधिकारी, प्रमिला आचार्य, कमला कर्माचार्य (बस्नेत), लक्ष्मीशोभा प्रजापति र निर्मला थापा गरी सात जनाको नाम सिफारिस भएको छ । 

त्यसैगरी सूर्यविनायक नगरपालिकामा विष्णुराज कार्की, निशान ढुङ्गेल, उद्धव सिलवाल, राजु खड्का, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, राजनकाजी त्वाती, शङ्कर केसी, कवीर राणा, रवि राणा, उपेन्द्रनन्दन तिमल्सिना, धर्मभक्त श्रेष्ठ, अच्युतप्रसाद मिश्र, भेषबहादुर कार्की, विदुरमान सिंह र नारायणभक्त खायमली गरी १६ जनाको नाम सिफारिस भएको छ । 

त्यसैगरी उपप्रमुखमा भने सङ्गीता थापा, कल्पना राजथला, सावित्री कार्की, गौरी खड्का खत्री, रिता खत्री कार्की, शोभा अधिकारी, विजयाशर्मा कोइराला, ललिता धिताल पोखरेल र रुपा भट्टराईको नाम सिफारिस भएर आएको छ । 

यता चाँगुनारायण नगरपालिकामा भने कृष्णलाल भँडेल, राजाराम खड्का, किरण न्यौपाने, जगन्नाथ कार्की, मनोजकुमार थापा, शिवहरि केसी, यादव अधिकारी, पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम, जीवन खत्री, सम्पूर्ण रोक्का, टङ्कबहादुर कार्की, सुरेश श्रेष्ठ र उद्धव खड्का गरी १४ जनाको नाम सिफारिस भएको छ । 

उपप्रमुखमा भने राधा कार्की (सरु बानियाँ), रुपादेवी थापा, सावित्री लामिछाने, सङ्गीता फुयाल र सुभद्रा काफ्ले गरी पाँच जनाको नाम सिफारिस भएको छ । 

भक्तपुरका चार नगरपालिकामा चारवटा प्रमुख र चारवटा उपप्रमुखको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट प्रमुखमा ४२ जनाको र उपप्रमुखका लागि २३ जनाको नाम सिफारिस भएको प्रचार संयोजक खड्काले जानकारी दिनुभयो । 

केही नाम वडा समितिबाट छनोट भई क्षेत्रीय समितिमा सिफारिस भएर क्षेत्रीय समितिमा पठाए पनि क्षेत्रीय समितिले भने अझै पनि उम्मेदवारको नाम छनोट गर्न सकेका छैनन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले १८ वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले उम्मेदवारको आकांक्षी धेरै भएकाले व्यवस्थापनमा केही कठिनाइ भएको बताउनुभयो । 

जिल्लामा आएको नामवलीमध्येबाट जिल्ला सभापतिको संयोजकत्वमा जिल्ला सभापतिको प्रत्यासी उम्मेदवार अष्टकुमार कवेँ, सभासद रामेश्वर ढुङ्गेललगायतको जिल्लास्तरीय उम्मेदवार छनोट समितिले उम्मेदवारको नाम छनोट गर्ने सभापति थापाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा