बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन सम्पन्न गर्छौँ, कुनै घटनाले रोकिँदैन: प्रधानमन्त्री

२०७४, १८ बैशाख सोमबार ११:५६

बैशाख १८, काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिवद्धता रहेको बताउनुभएको छ । 

आफ्नै निजी निवास लाजिम्पाटमा आज सिन्धुपाल्चोकमा क्रियाशील नेपाली काँग्रेस र नेकपा (एमाले)का विभिन्न तहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले निर्वाचन हुँदैन कि भनेर कुनै पनि आशङ्का नगर्न आग्रह गर्नुभयो । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोगको प्रस्तावका कारण निर्वाचन रोकिन्छ कि भनेर विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले भन्नुभयो “मङ्गलबार निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ । पहिलो चरणमा हुने निर्वाचनका लागि प्रक्रिया सुरु हुन्छ, महाअभियोग र निर्वाचनसँग कुनै पनि साइनो सम्बन्ध छैन ।” 

प्रधानमन्त्रीले ‘प्रचण्ड’ले निर्वाचनको सम्पूर्ण प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा कोही कसैले व्यक्त गर्ने आशङ्का र कुनै पनि पक्षबाट आउने आक्षेपले सरकार विचलित नहुने र निर्वाच्न गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“महाअभियोग दर्तापछि राजनीतिमा तरङ्ग आएको छ, तर महाअभियोग संसदीय प्रक्रियामा जान्छ, यसले निर्वाचनमा कुनै असर गर्दैन” उहाँले भन्नुभयो –“भोलि मनोनयन दर्ता हुन्छ र वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न हुन्छ, यसमा कुनै भ्रम पाल्न जरुरी छैन, निर्वाचनमा भाग लिने सबै राजनीतिक दल भ्रममा नपरी भोलिको मनोनयनमा सहभागी हुनुहोस् ।” 

प्रधानमन्त्री प्रचण्डले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा आजै आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद ओलीसँग छलफल गरेको जानकारी गराउँदै राष्ट्रको आवश्यकता र जनताको चाहना निर्वाचन मात्रै रहेको बताउनुभयो । 

मधेसवादी दलले समेत निर्वाचनमा आउने इच्छा व्यक्त गरेको र पहिलो चरणको निर्वाचनको प्रक्रिया अगाडि बढाउँदै लैजाने र संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढाउने सन्दर्भमा सहमति जनाएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीले पहिलो पटक सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको र त्यसका लागि माओवादी नेतृत्वको वर्तमान सरकार नै प्रमुख हिस्सेदार रहेको बताउँदै निर्वाचनलाई सफल बनाई जनताले आफ्नो अधिकार लिने बेला आएको छ भन्नुभयो । 

सो अवसरमा नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला समिति सदस्य बुद्धराज बस्नेत र स्थानीय नेता पशुपति बस्नेतको नेतृत्वमा ४० जना तथा नेकपा (एमाले)का जिल्ला समिति सदस्य दुर्गा नेपालको नेतृत्वमा २० जना, सङ्घीय समाजवादी पार्टीका केन्द्रीय सदस्य रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य राजन भोम्जन, तेजेन्द्र लामा, शङ्कराज तामाङ, लक्ष्मी तामाङ र टेकराज जोशीलगायत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । 

नवप्रवेशीलाई प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता अग्नि सापकोटा, नेता केशव नेपाल र सरल सहयात्री पौडेलले स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता