बैशाख २०, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २०, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि "/>
२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय एकतासहित मुलुक अगाडि बढ्यो: प्रधानमन्त्री

२०७४, २० बैशाख बुधबार ०९:४१

बैशाख २०, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि बढेको बताउनुभएको छ । 

राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३१ गतेको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता बढेकाले मुलुक संविधान कार्यान्वयनको सङ्कल्पसहित अगाडि बढेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनका लागि स्वतन्त्र, स्वच्छ, भयरहित एवम् सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै हिमाल, पहाड र तराई एवम् सबै समुदाय निर्वाचनमा अगाडि बढेको विचार व्यक्त गर्नुभयो । 

मुलुकको समग्र आर्थिक प्रगति सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेकाले उक्त कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्रीले वर्तमान सरकारले लिएको नीति तथा प्रक्रियागत सुधारका कारण मुलुकको आर्थिक वृद्धिदर करिब सात प्रतिशत रहने र मुद्रास्फीति औसतमा लक्ष्यभन्दा कम रहने अवस्था आएको बताउँदै न्यूनतम ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले काठमाडौँ–तराई द्रुतमार्ग, निजगढ र पश्चिम सेतीजस्ता आयोजना अगाडि बढ्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दैै एक महिनाभित्र सम्बन्धित आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । 

संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहसम्मलाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न र सोहीअनुसारको योजना पनि निर्माण गर्न अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिदैं उहाँले पूर्वाधार तथा सञ्चारलगायतका उपभोक्तासँग सम्बन्धित निकायले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सहभागी मन्त्रीले राष्ट्रिय गौरवका आयोजना र समग्र समस्याका बारेमा जानकारी गराउनुभयो । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा सञ्चालित ४८४ आयोजनाको प्राथमिकीकरण, वार्षिक बजेटको तुलनामा दोस्रो चौमासिकको खर्चस्थिति एवम् पहिलो प्राथमिकता प्राप्त आयोजनाको प्रगतिका विषयमा जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ