बैशाख २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विष"/>

२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के कुरा भयो प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ?

२०७४, २१ बैशाख बिहीबार ०९:१३


बैशाख २१, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा आज भएको भेटमा उहाँहरुबीच आगामी जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचन र त्यसअघि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थालाई कसरी समायोजन गर्ने सम्बन्धमा छलफल भएको थियो । 

छलफलमा मुख्य रुपमा जेठ ३१ को निर्वाचन बजेट अगाडि सार्ने वा बजेटको संवैधानिक व्यवस्थालाई निर्वाचन पछि सार्ने भन्ने दुई विकल्पमा केन्द्रित भएर कुराकानी भएको भेटमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

नेता श्रेष्ठले भन्नुभयो – “प्रतिपक्षी दलले जेठ १५ को संवैधानिक प्रावधान र बजेटलगत्तै निर्वाचन गर्न नहुने भन्ने सन्दर्भमा कुरा उठाएको छ । यसबारेमा सबै दल र पक्षसँग बसेर छलफल गरी सहमति खोजिने छ ।” 

भेटमा संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगका सम्बन्धमा पनि छलफल भएको थियो । एमाले अध्यक्ष ओलीले उक्त महाअभियोग गलत भएको भन्दै फिर्ता लिन सत्ता पक्षलाई आग्रह गर्नुभएको थियो । 

संशोधन प्रस्तावका सम्बन्धमा सोधिएको जिज्ञासामा अध्यक्ष ओलीले उक्त प्रस्ताव मतदानका लागि संसद् बैठकमा ल्याउनुपर्ने हो तर अहिलेसम्म आएको छैन भन्दै आफूहरु सामना गर्न तयार रहेको जानकारी गराउनुभयो । 

सत्तापक्षले अनावश्यक विषय ल्याएर संसद् बैठकमा समस्या खडा गरेको धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले संविधानले जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ