काठमाडौँ, २९ वैशाख । नेकपा एमाले सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार भर्ना भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उहाँको मुटुमा समस्या देखिएकाले शल्यक्रिया गरिएको छ ।
अपराह्न पार्टी कार्यालय आएका सांसद बडाललाई छाती र पेट दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ प्रारम्भिक उपचारपछि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको अवस्था अहिले सामान्य रहेको छ ।