2026-06-17 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नो अब्जेक्सन लेटर’ नबोक्ने नेपालीलाई हवाईयात्रा निषेध

2017-06-09


जेठ २६ काठमाडौं । भारत र श्रीलंकास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जाँदै हुनुहुन्छ भने अब अनिवार्य नो अब्जेक्सन लेटर (स्वीकृतिपत्र) बोक्नुस् । 

साथमा नो अब्जेक्सन लेटर छैन भने भारत र श्रीलंकाका कुनै पनि विमानस्थलले तपार्इंलाई तेस्रो मुलुकका लागि हवाईयात्राको अनुमति दिने छैनन् । 

वैदेशिक रोजगारी, भ्रमण तथा अध्ययन भिसाका नाममा नेपालस्थित त्रिभुवन विमानस्थलको साटो छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी विदेशमा मानव तस्करी बढेपछि अध्यागमन विभागसहित सरोकारवालाको संयन्त्रले कूटनीतिक पहलमार्फत सम्बन्धित मुलुकलाई कडाइ गर्न आग्रह गर्ने निर्णय गरेका हुन् ।

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालका अनुसार यो नयाँ नियम होइन । तर, कार्यान्वयनमा कडाइ गर्न नसक्दा भारत तथा अन्य छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी ठूलो संख्यामा नेपाली बिदेसिने गरेका छन् ।

जुन प्रयोजनमा गए पनि स्वीकृतिपत्र अनिवार्य

रोजगारीका लागि खुला नगरेका देशमा भारत तथा अन्य छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी हुने मानव ओसारपसार रोक्न सरकारले पहल गरिरहेको छ । अवैध रूपमा बाहिरिने नेपालीलाई रोकी मानव ओसारपसार न्यूनीकरण गर्न यो निर्णय लिइएको महानिर्देशक गेलालले बताए । उनका अनुसार अब अध्ययन, भ्रमण या वैदेशिक रोजगारी जुन प्रयोजनमा विदेश जान लागेको भए पनि सरोकारवाला निकायबाट जारी हुने नो अब्जेक्सन लेटर अनिवार्य बोक्नुपर्ने हुन्छ ।

ल संयन्त्र प्रभावकारी बनाइने

विभिन्न बहानामा हुने मानव बेचबिखन न्यूनीकरण गर्न नेपालस्थित सरोकारवाला निकायबीच संयन्त्र विकास गरी प्रभावकारी रूपमा काम गर्ने निर्णयसमेत बैठकले गरेको छ । 

मुलुकभित्र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र भारतमा अलपत्र परेका नागरिकको यथाशीघ्र उद्धारको व्यवस्था गर्न भारतीय पक्षसँग समन्वय गर्ने निर्णय भएको विभागका महानिर्देशक गेलालले बताए । 

सूचना आदानप्रदानका लागि भारतसँग समन्वयन गरी मानव तस्करी र बेचबिखनविरुद्ध प्रभावकारी गतिविधि सञ्चालन गर्ने निर्णय भएको अध्यागमन विभागको भनाइ छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ