जेठ २७, काठमाडौँ । सरकारले कर्णाली क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्नुपर्ने माग गर्दै कर्णालीवासीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, काठमाडौँ । सरकारले कर्णाली क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्नुपर्ने माग गर्दै कर्णालीवासीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आ"/>
2026-06-17 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीको विकासका लागि लगानी वृद्धि गर्न माग

2017-06-10

जेठ २७, काठमाडौँ । सरकारले कर्णाली क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्नुपर्ने माग गर्दै कर्णालीवासीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आज पदयात्रा गरेका छन् । 

अध्ययन तथा जागिरका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका कर्णालीवासी तथा कर्णालीको विकासका लागि क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले बजेट विनियोजन गर्दा त्यस क्षेत्रको विकास तथा निर्माणमा प्राथमिकता दिन आग्रह गरेका छन् । 

बानेश्वरमा पुगेपछि गरिएको कोणसभामा सहभागीले त्यस क्षेत्रमा प्रशस्त स्रोत तथा साधन रहेको भए पनि सरकारले प्राथमिकतामा नराखेकाले स्थानीयवासीले दुःख पाएकामा चिन्ता व्यक्त गरेका छन् । 

कर्णाली जनअधिकार मञ्चका अध्यक्ष प्रकाश रोक्काले डोल्पा र हुम्लामा सडक पु¥याउन सकेमा त्यहाँका उत्पादनले बजार पाउने तथा स्थानीयवासीको आयस्तरमा वृद्धि हुने बताउनुभयो । 

उहाँले मुलुकमा मेट्रो रेलको विकास गर्ने अवधारणा आइरहेका बेलामा कर्णालीका कतिपय स्थानमा पूर्वाधार विकासको मुख्य आधार सडक विस्तार गर्न नसकिएकाले सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । 

पत्रकार प्रेम कैदीले मुलुकमा भएका राजनीतिक परिवर्तनको अनुभूति त्यहाँका जनतालाई गराउन उनीहरुलाई आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ