२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक बहुमतले पारित

२०७४, २८ जेष्ठ आईतवार १२:२१

जेठ २८, काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठकले “राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०७४” लाई बहुमतले पारित गरेको छ । 

आजको तेस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । 

यसअघि सो विधेयकको दफाबार छलफलमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक घन्टाबीचमा तीन वटा बैठक बसी विधेयक संशोधन गर्नुले लोकतन्त्र र प्रजातन्त्रलाई फाइदा पुग्दैन भन्दै विधेयक फिर्ता लिन सरकारसमक्ष माग गर्नुभयो । 

राष्ट्रिय जनमाोर्चाका मीना पुनले स्थानीय तहको निर्वाचनले जनताको अधिकारलाई थप बलियो बनाएको चर्चा गर्दै जनताअघि राजनीतिक दल पछि हुने अवस्था आउन दिनु हुँदैन र दोस्रो तहको निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्न सरकार अडिग हुनुपर्छ भन्नुभयो । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री शर्माले दोस्रो तहको स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिँर्दैै निर्वाचनमा भाग लिन सबै राजनीतिक दलसँग आह्वानसमेत गर्नुभयो । 

बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र सदनको बैठकमा पढेर सुनाउनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक असार १८ गते दिनको १ बजे बस्नेछ । 

संशोधन प्रस्ताव प्रस्तुत 

यसअघि व्यवस्थापिका–संसद्को आजको पहिलो बैठकमा गृहमन्त्री जनार्दन शर्माले “राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन), विधेयक, २०७४” लाई प्रस्तुत गर्नुभएको थियो । 

यसैगरी बैठकले व्यवस्थापिका–संसद्को नियमावली नियम २५९ बमोजिम सो नियमावलीको नियम ११४ को उपनियम (१), नियम ११९, नियम १२० र १२७ को उपनियम (१) लाई निलम्वन गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । 

नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठद्वारा प्रस्तुत सो नियम निलम्वनको प्रस्तावलाई सीता नेपालीले समर्थन गर्नुभएको थियो । । विसं २०७४ असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलको सहभागिता सुनिश्चितताका लागि सो नियम निलम्वन गरिएको प्रमुख सचेतक श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी आज बसेको दोस्रो बैठकले “राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०७४” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । 

सदनको दोस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयमाथि विचार गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो । 

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कुन दललाई लक्षित गरी सो ऐन संशोधन सरकारले ल्याएको ? भन्ने प्रश्न गर्दै विधेयक फिर्ता लिन सरकारसमक्ष माग गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका सांसद मीना पुनले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सम्पन्न भइसकेपछि संशोधन विधेयक आउनु दुःखद् रहेको चर्चा गर्दै संशोधनपछि निर्वाचनमा सबै दल भाग लिन्छन् भन्ने कसले प्रत्याभूति लिन्छ भन्ने प्रश्न गर्नुभयो । 

छलफलमा उठेका प्रश्नका जवाफ दिँदै गृहमन्त्री शर्माले सरकार सदनप्रति उत्तरदायी रहेको चर्चा गर्दै जनताले चाहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ