असार २, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा आज प्रकाशित भएको छ ।
यो पटकको परिक्षामा नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।
एसईई परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ ।
त्यस्तै आफ्नो नतिजा हेर्न मोबाइलमा गई SEE टाईप गरि एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरि ३५००१ मा SMS गर्नुहोला ।
परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।