असार २, मस्को । रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस प्रमुख पनि परेको आशंका गरिएको छ ।

रुसी सैनिककाअनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २, मस्को । रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस प्रमुख पनि परेको आशंका गरिएको छ ।

रुसी सैनिककाअनु"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी सैनिकको कारबाहीमा आइएस प्रमुख मारिएको आशंका

२ असार २०७४, शुक्रबार १०:३८


असार २, मस्को । रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस प्रमुख पनि परेको आशंका गरिएको छ ।

रुसी सैनिककाअनुसार गत मे २८ मा सो हमला गरिएको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशंका छ ।

त्यस बैठकमा हमला हुँदा कैयौं मारिएको उसले जनाएको छ । तर, त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्नेबारेमा प्रमाणित गर्ने प्रक्रिया सुरु भएको रुसी सेनाले जनाएको छ ।

रुसी सैनिकद्वारा जारी सो विज्ञप्तिमा उक्त सेनाले उक्त कारबाही गत मे २८ मा सिरियामा आइएसको पकड रहेको भनिएको रक्वा सहरमा गरेको थियो । सो सहरमा आइएसको बैठक बसेको र त्यहाँ आइएसका प्रमुख नेताको पनि सहभागिता रहेको सूचनाका आधारमा सो कारबाही गरिएको सेनाको भनाइ छ ।

सो बैठकमा अबु बाकर अल बग्दादी पनि सहभागी भएको सूचनाको आधारमा कारबाही गरिएको थियो । त्यहाँ मारिएका हतियारधारीमा आइएस प्रमुख बग्दादी पनि परेको समाचार यसअघि नै आएको थियो । तर, पुष्टि भने भएको थिएन ।

रुसी सेनाले भनेको छ–‘पुष्टि त अहिले पनि भइसकेको छैन, तर हामी मारिएका व्यक्तिको पुष्टि गर्नेक्रममा छौं । उनी मारिएको सम्भावना अत्यधिक हामीले देखेका छौं । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ