मकरराज धामी/असार ५, बझाङ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । 

सायद त्यसैले होला खप्तड "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/असार ५, बझाङ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । 

सायद त्यसैले होला खप्तड "/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिव्वतको मानासरोवर र भारतको बद्रि केदार भन्दा कम छैन खप्तड

२०७४, ५ असार सोमबार १०:५४


मकरराज धामी/असार ५, बझाङ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ । 

सायद त्यसैले होला खप्तड क्षेत्रलाई अर्को स्वर्गको नाम दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सिमानामा रहेको खप्तडमा २२ वटा पाटन रहेका छन् । बझाङको तमैल र डोटीको झिंग्रान भन्ने ठाँउ बाट खप्तड जान सकिन्छ । चार पाँच घण्टाको उकालो पैदल यात्रा बाट थकान महसुस भए पनि सुन्दर पाटनमा पुग्ने वित्तिकै चारैतिरको मनमोहक सुन्दरताले थकान मेटिन्छ । 

समुन्द्र सतहदेखि ३ हजार २ सय मिटर उचाईमा रहेको यो क्षेत्रमा खप्तड पाटन, त्रिवेणी, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, सहस्श्रलिंग र चैत बैशाखमा फुल्ने लालीगुराँस यस क्षेत्रका मुख्य आकर्षणका रुपमा रहेका छन् । खप्तडको सबै भन्दा आकर्षक पक्ष हो धार्मीक तथा ऐतिहासिक गंगा दशहरा मेला । 

यो मेला हरेक वर्ष जेष्ठ शुक्ल नवमीका दिन लाग्ने गर्छ । 


पुराणमा  उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो । त्रिवेणी, सहस्र लिङ्ग, खापरदह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास समेत रहेको छ । 

प्रदेश नं ७ का ९ वटै जिल्ला सहित देशभरका विभिन्न जिल्लाहरु र भारतको उत्तरखण्डबाट पनि यो मेला हेर्नेहरुको घुईचो लाग्ने गर्दछ । झण्डै ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ खप्तड प्रकृति प्रेमीलाई मात्र नभई, भक्तजन तथा पर्यटकहरुका लागी पनि उपयुक्त गन्तव्य बन्दै गएको छ । धार्मीक तथा पर्यटकियस्थलका रुपमा  प्रशिद्ध स्थल खप्तड बैशाख देखि मंसिर सम्म घुम्नका लागी उपयुक्त समय मानिन्छ ।  

पहाडको चुच्चोमा अग्ला अग्ला लेकाली सल्लाका रूख त्यसको फेदीमा सुन्दर हराभरा ठुला ठुला पाटन, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी ेफूलहरुले पर्यटकहरुको मनलाई लोभ्याउने गर्छ । खप्तड साँच्चैनै स्वर्ग रहेछ खप्तड बाट फर्कदै गरेको १० जनाको टोली भेटीयो ।

बाटोमा भेटिएका चितवन खैरेनिका यज्ञराज डल्लाकोटीले भने आफुले कितावमा पढेको खप्तड भन्दा भ्रमण गरेको खप्तड ले मलाई स्वर्ग पुगेझै अनुभव भयो । नजिकको तिर्थ हेला हुन्छ भन्थे हो रैछ धर्मकर्म गर्न लाखौँ खर्चेर देशविदेश पुग्ने तर आफ्नै ठाँउमा त्यो भन्दा स्वर्ग ठाँउमा नजाने कहाँ सम्मका रहेछौँ । देश तथा विदेशका विभिन्न धार्मीक तथा पर्यटकिय स्थलको भ्रमण गरि सकेको बताउने डल्लाकोटी खप्तड क्षेत्र भारतको बद्रि केदार र तिव्वतको मानासरोवर भन्दा कम नभएको बताउछन् । 

कसरी पुग्न सकिन्छ खप्तड ?


खप्तड भ्रमणका लागी सबै भन्दा छोटो बाटो बझाङको खप्तड छान्ना गाँउपालिकाको दारुगाँऊ भएर जाने बाटो हो । धनगढी बाट बझाङको तमैल सम्म ९÷१० घण्टा बसको यात्रा गर्नु पर्छ । तमैल बाट खप्तडछान्ना गाँउपालिकाको दारुगाँऊ सम्म साना सवारी साधन जीप पाइन्छ, ।

जिपमा १ घण्टाको यात्रा पछि दारुगाँऊ पुगिन्छ । बसोबासका क्रममा यस क्षेत्रका बासिन्दाहरुले पाहुनालाई गर्ने सत्कारले झनै लोभ्याउने गर्दछ । दारुगाँउबाट ३ घण्टाको उकालो काटे पछि (खप्तड बेस क्याम्प) लोखाडा पुगिन्छ । बेस क्याम्प बाट डेढ घण्टाको उकालो पैदल यात्रा पछि खप्तड पुगिन्छ । 

बर्षेनि बढदै छन आन्तरिक पर्यटकहरु ।


खप्तड छान्ना गाँउपालिकाको दारु गाऊ सम्म सडक संजाल जोडिए पछि बझाङको बाटो भएर खप्तड जानेको संख्या बढदै गएको छ । दारुगाँउ सम्म गाडि पुगे पछि यसै बाटो भएर खप्तड भम्रणमा जानेको संख्या बर्षेनि बढदै गएको खप्तड छान्ना गाउपालिकाका कलक खत्रिले बताउनु भयो ।

पहिले गाउ सुनसान हुन्थ्यो अहिले गाँउमा साना सवारी जिप चल्न थाले पछि खप्तड जानेको लर्को लाग्ने गरेको उनको भनाई छ । पहिले पहिले गंगादशहरा मेलामा मात्र मानिसहरु आउने गरेका थिय तर पोहोर साल देखि नयाँ बर्ष दशै र अन्य बेला पनि देशका विभिन्न ठाँउ बाट मानिसहरु आउने गरेको उनको भनाइृ छ ।

पहिले दशहराजातका बेला मात्र कमाई हुन्थ्यो छुटफुट रुपमा गोठालाहरु हुन्थ्थे पोहोर सालको नयाँ बर्ष देखि खप्तड आउनेको संख्यामा बृद्धि भएको ८ बर्ष देखि खप्तडमा होटल व्यवसायि गर्दै आउनु भएका बाजुराका लोकबहादुर रावलले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला