असार ८, काठमाडौं । काठमाडौँको जोरपाटीमा अनियन्त्रित भएको माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।

बा १ ज ९८०९ नम्बरको माइक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ८, काठमाडौं । काठमाडौँको जोरपाटीमा अनियन्त्रित भएको माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।

बा १ ज ९८०९ नम्बरको माइक्र"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा भयानक दुर्घटना: माइक्रोले पैदलयात्रीलाई सोहोर्दै लग्यो, एकको मृत्यु

२०७४, ८ असार बिहीबार ११:५२


असार ८, काठमाडौं । काठमाडौँको जोरपाटीमा अनियन्त्रित भएको माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

 बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाई सोहोर्दै रोकी राखेको गाडीमा गएर ठोक्किएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मध्ये जोरपाटी क्षेत्रमा साइकलमा फलफुल बेच्ने भारत श्रीपुरका २७ वर्षीय रूपलाल साहको उपचारका क्रममा मृत्यु भएको छ ।  

उनीसँगै रहेका अर्का फलफुल बिक्रेता भारत श्रीपुरकै प्रदीपकुमार साहको गम्भीर अवस्थामा जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको छ भने पैदलयात्री ६५ वर्षीया चीनमाया बुढाथोकीको शंकरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकलमा सवार अन्य तीन घाइतेहरूको अवस्था सामान्य रहेकाले उनीहरू उपचारपछि घर फर्किसकेको उनले जनाए ।

माइक्रो बस ब्रेक राम्रो नलाग्ने अवस्थामा रहेको र तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । माइक्रो बसलाई प्रहरीले निणन्त्रणमा लिएपनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल