२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ

२०८१, ६ कार्तिक मंगलवार १३:२२

चितवन | चितवनका एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । भरतपुर महानगर घर भएका ती व्यक्तिले २०७९ माघदेखि पटक पटक बलात्कार गर्दै आएको खुलेको हो ।

आफ्नी श्रीमतीलाई मादक पदार्थ सेवन गरी आएर पटक पटक कुटपिट गदै आएका बाबुले श्रीमतीले शारीरिक सम्पर्क गर्न नमान्दा बालिका छोरीलाई जबरजस्ती गरेको प्रहरीमा बयान दिएका छन् ।

१४ वर्षकी छोरीलाई चार पाँच वर्ष अगाडिदेखि नै शारीरिक रुपमा यौनजन्य व्यवहार गर्दै आएपनि २०७९ माघ देखि भने पटक पटक २०८० फागुन १४ गते अन्तिम पटक आफूमाथि बलात्कार गरेको प्रहरीले (परिवर्तिन नाम) ३५ भरतपुर (१२) नाम दिएकी बालिकाले बताएकी छिन् ।

बाबु देख्ने बित्तिकै छोरी डराउने, घरबाट बाहिर निस्किने गर्न थालेपछि आमाले छोरीलाई के भएको सोधपुछ गरेकी थिइन् । बाबुले मारिदिन्छु भन्ने धम्की दिएको कारण कसैलाई भन्न नसकेकी १४ वर्षीया बालिकाले अन्तिम पटक बाबुले बलात्कार गरेको सात महिनापछि यहि असोजमा मात्रै आमालाई भनेकी थिइन् ।

दाजु, भाउजु, बाबुआमासहित संयुक्त परिवारमा बस्दै आएकी बालिकामाथि आफ्नै बाबुले बलात्कार गरेको खुलेपछि दाजुले चितवन प्रहरीमा जाहेरी दिएका थिए । गत असोज ६ गते चितवन प्रहरीले जाहेरी प्राप्त गरेपछि बाबुलाई हिरासतमा लिएको थियो । अनुसन्धान प्रक्रिया सम्पन्न गरि कात्तिक १ गते चितवन अदालतमा मुद्दा दर्ता भएको हो ।

हाडनाता करणी कसुरको अभियोग लागाएर सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । अभियोग अनुसार हाडनाता करणी गर्ने व्यक्तिलाई जन्मकैदको कसुरको व्यवस्था नेपालको फौजदारी संहिताले गरेको छ । सोही कारबाहीको फैसला माग गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ