२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोड्रीले बालोन डि’ओर जित्दा किन रिसायो रियल म्याड्रिड ?

१३ कार्तिक २०८१, मंगलवार ११:३७

काठमाडौं । स्पेनिस जायन्ट रियल म्याड्रिड आफ्ना स्टार स्ट्राइकर भिनिसियस जुनियरले बालोन डी’ओर अवार्ड जित्न नसक्दा रिसाएको छ। जुनियरलाई पछि पार्दै स्पेन तथा म्यानचेस्टर सिटीका स्टार रोड्रीले बालोन डि’ओर अवार्ड जित्दा रियलले उक्त समारोह नै बहिष्कार गर्यो।

उक्त समारोहमा रियल म्याड्रिड वर्षको उत्कृष्ट क्लबको रुपमा सम्मानित भएको थियो भने प्रशिक्षक कार्लो एन्सेलोटी वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। जहाँ उनलाई पहिलो पटक क्रुइफ ट्रफीको उपाधि प्रदान गरिने कार्यक्रमसमेत थियो। तर, रियलका कुनैपनि प्रतिनिधि समारोहमा देखिएनन्।

उनीहरुले सोमबार केही विश्वसनीय सञ्चारमाध्यामहरुमा बालोनडी’ओर जुनियरले जित्न नसक्ने समाचारहरू प्रकाशित गरेपछि रियलले समारोह बहिष्कार गरेको बताइएको छ। त्यहाँ रियलको तर्फबाट पुरस्कार ग्रहण र मन्तव्य राख्ने कोही थिएनन्। लगत्तै कार्यक्रम समारोह अघि बढाइएको थियो।

यो पटक बालोन डि’ओरका लागि रियलका ७ खेलाडी मनोनयनमा परेका थिए। जसमा जुनियरले सर्वाधिक बलियो दाबेदार मानिएको थियो। अधिकांश फुटबल विश्लेषकले पनि जुनियर र रोड्रिबीचनै प्रतिस्पर्धा हुने र जुनियर बालोन डि’ओरका लागि सर्वाधिक योग्य भएको दाबी गरेका थिए। तर जुनियरलाई रोड्रीले पछि पारेपछि रियलले समारोहमा नै उपस्थिति जनाएनन्।

विजेता २८ वर्षीय मिडफिल्डर रोड्रीले गत सिजन क्लब र देशका लागि केवल एक खेल मात्र हारेका थिए। उनले जुलाईमा स्पेनलाई युरो-२०२४ को उपाधि दिलाएका थिए। उनले सिटीका लागि प्रिमियर लिग, युएफा सुपर कप र क्लब वर्ल्डकप जितेका थिए। रोड्री सिटीको तर्फबाट बालोन डी’ओर जित्ने क्लब इतिहासकै पहिलो खेलाडीसमेत बने।

पहिलो पटक यो अवार्ड हात पारेपछि रोड्रीले भने ‘मेरो, परिवार र देशका लागि आजको दिन धेरै विशेष छ,’ रोड्रीले थपे ‘यो मेरो लागि मात्र नभएर सिंगो स्पेनि फुटबलको जित हो। ती सबै खेलाडीका लागि हो जो योग्य भएर पनि जित्न असफल भए।’ उनले उदाहरण दिँदै भने, ‘आन्द्रे इनिस्टा , जाभी हर्नान्डेज, इकर कासिलास, सर्जियो बुस्केट्स र अन्य धेरै।’

रोड्रीले बालोन डी’ओर जित्दा रियलका भिनिसियस दोस्रो र रियलकै मिडफिल्डर जुड बेलिङघम तेस्रो स्थानमा रहे। २००५ मा फ्र्याङ्क लाम्पार्ड दोस्रो स्थानमा रहे यता कुनैपनि इंग्लिस खेलाडी बालोन’डीओरका लागि नजिक पुगेको यो पहिलो पटक हो।

महिला तर्फ भने स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर एइटना बोनमाटीले अवार्ड हात पार्न सफल भइन्। उनले लगातार दोस्रो पटक यो अवार्ड हात पारिन्। उनले गत सिजन क्लबका लागि सबै खाले उपाधि जितेकी थिइन्।

उनले बार्सिलोनाका लागि लालिगा, च्याम्पियन्स लिग, सुपर कप र कोपा डेल रे जित्दै एतिहासिक रुपमा ‘क्वार्डरुप्ले’ जिताएकी थिइन्।

२६ वर्षीया उनले सबै खाले प्रतियोगितामा गरी क्लबका लागि कुल १९ गोल गरेकी थिइन्। त्यस्तै चेल्सीकी एमा हायसले महिला प्रशिक्षकको अवार्ड हात पार्न सफल भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य