2026-09-19 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

तीन महिनादेखि तलब नपाएको भन्दै बंगलादेशी महिला टोलीका कोचले दिए राजीनामा

एजेन्सी | साफ महिला फुटबलमा लगातार दुई उपाधि जिताएर बंगलादेशी टिमलाई सफलता दिलाएका कोच पिटर बट्लरले राजीनामा दिएका छन्। तीन महिनासम्म तलब नपाएको र तलब नियमित नआएको गुनासो गर्दै उनले पद त्यागेका हुन्। बेलायती नागरिक बट्लरले उपाधि जितेको भोलिपल्टै आफ्नो राजीनामा घोषणा गरेका हुन्, जसको खबर बंगलादेशी मिडिया सोमोइ न्यूजले सार्वजनिक गरेको छ।

सोमोइ न्यूजका अनुसार बट्लरले भनेका छन्, “म धेरै थाकेको छु। मेरो कोचिङ करिअरमा यति धेरै चुनौती मैले पहिले कहिल्यै भोगेको थिइनँ। मलाई तीन महिनासम्म पारिश्रमिक दिइएको छैन।”

उनको सम्झौता सकिन अझै दुई महिना बाँकी छ, तर तलब नपाएको कारणले गर्दा उनले यो निर्णय लिएका हुन्। बट्लरको राजीनामाले बंगलादेशी फुटबलमा नयाँ चुनौती थपिएको छ, किनकि सफलता दिलाउने प्रशिक्षकको असन्तुष्टि र वित्तीय समस्याले टिमको मनोबलमा असर पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा