२३ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ-मुग्लिन सडक दुर्घटना : कसरी भयो दुर्घटना , यसो भन्छन् यात्रु !

२३ कार्तिक २०८१, शुक्रबार १३:३४

चितवन | चितवनको सत्रकिलोमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। चितवनको भरतपुरबाट काठमाडौँका लागि छुटेको बा प्र ०३–००१ ख २८१२ नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ गइरहेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

१९ वर्षीय साकिर मियाँ, जो चितवनको रत्ननगर नगरपालिका–१३ निवासी हुन्, भरतपुरबाट बिहान २ बजे काठमाडौँ जाने क्रममा बसमा सवार थिए। विराटनगरबाट भरिएका यात्रुसँगै चालक नजिकैको क्याबिनमा बसेका साकिरले बस नारायणगढबाट बिहान करिब ३ बजे गुडेको र यात्रुहरू निदाइरहेका समयमा एक्कासी ठक्कर भएको बताए। उनका अनुसार, माइक्रोबस अचानक बसको साइडमा आइपुगेको र ठूलो आवाज आएर बस रोकिएको थियो। बसबाट ओर्लिएर हेर्दा माइक्रोबसमा रहेका सबैजना गम्भीर घाइते अवस्थामा फेला परेका थिए, भने चालक सिटमै च्यापिएका थिए।

दुर्घटनामा परी माइक्रोबसमा सवार ६ मध्ये ५ जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। मृतकमध्ये हालसम्म माइक्रोबस चालक र एक यात्रुको मात्र सनाखत भएको छ। ४० वर्षीय चालक अनोज अधिकारी चितवनको खैरहनी नगरपालिका–४ निवासी हुन् भने अर्का मृतक ४२ वर्षीय राजबहादुर गुरुङ गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका बासिन्दा हुन्। अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये ३ पुरुष, एक महिला र एक बालिका रहेका छन्। दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरिएको छ भने बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरी नियन्त्रणमा लिइएको छ।

प्रवक्ता रिजालले दुर्घटनामा ज्यान गुमाएका केही मृतकहरूको पहिचान गर्न कठिनाइ भएको र हालसम्म टिकट वा अन्य कुनै प्रमाण पनि भेटिएको छैन भने आफन्तहरूको सम्पर्कमा समेत आएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेत–दैलेख सडकखण्डमा दुर्घटनाः ४ जनाको मृत्यु क्यानडा र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ ‘पूर्णबहादुरको सारङ्गी’ले ८ दिनमा कमायो ११ करोड १० लाख अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, आधिकारिक पोस्टर सार्वजनिक मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका गुरुङ र भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी हवाई भाडावृद्धि नियन्त्रणबारे परराष्ट्र र श्रममन्त्रीसहित व्यबसायीहरुसँग छलफल नारायणगढ-मुग्लिन सडक दुर्घटना: मृत्यु भएका सबैको सनाखत सुर्खेत–दैलेख सिमानामा फोर्स गाडी दुर्घटना महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुदैँन् : मेयर महर्जन दुई पटक कारागारबाट भागेका विनायकलाई प्रहरीद्वारा गोली प्रहार गरी पक्राउ उपनिर्वाचन : हेटौंडा–१२ मा यस्तो थियो गत निर्वाचनको मतपरिणाम यसपटक कसको पल्ला भारी ? पूर्वमन्त्री दीपक मनाङेले भने: ‘पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुनेछु’ नारायणगढ-मुग्लिन सडक दुर्घटना : कसरी भयो दुर्घटना , यसो भन्छन् यात्रु ! एक महिनामै ‘कबड्डी ४’ रेकर्ड तोड्दै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘१२ गाउँ’, कति कमायो? पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने नारायणगढ-मुग्लिन सडक दुर्घटना: पाँचको मृत्यु (अपडेट) आज शुक्रबार फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौंमा यसरी गरियो छठ समापन (फोटो फिचर) आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, यी विषयमा हुने छलफल