२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ-मुग्लिन सडक दुर्घटना: मृत्यु भएका सबैको सनाखत

२३ कार्तिक २०८१, शुक्रबार १५:५६

चितवन | नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखाको आरूघाट गाउँपालिका-५ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रो चालक चितवनको खैरहनी नगरपालिका-४ का ३९ वर्षीय अनोज अधिकारी छन्।

माइक्रोमा सवार भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय राजकुमार साह, नवलपरासीको विनयत्रिबेणी गा.पा.४ बगैंचा बस्ने बर्ष ३५ को सन्तोष भुसाल र ३३ वर्षीया सबिना भुसालको पनि मृत्यु भएको छ। मृतकका आफन्तहरूले अस्पताल पुगेर शव सनाखत गरेका थिए।

माइक्रोमा सवार एकजनाको अवस्था गम्भीर रहेको पनि डिएसपी रिजालले जानकारी दिए।

बस चालक सामान्य घाइते छन्। उनी प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ