२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी जनयुद्ध सहरीकरणको मुख्य कारण

१४ असार २०७४, बुधबार ०७:५५

असार १४, काठमाडौँ । सहरीकरणको मुख्य कारण (नेकपा) माओवादीको १० वर्षे जनयुद्ध भएकामा जोड दिइएको छ । 

नेसनल डिजेस्टर रिस्क रिडक्सन सेन्टर तथा एडभेन्टिस्ट डिभलपमेन्ट एन्ड रिलिफ एजेन्सी नेपालद्वारा मङ्गलबार आयोजित संयुक्त कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । 

जनयुद्धका कारण ग्रामीण भेगका जनता आफ्नो थातथलोमा बस्न नसकी सहरमा आएको, ग्रामीण क्षेत्रमा असुरक्षा बढेको तथा नेपालको जनसङ्ख्या तीव्ररुपमा वृद्धि हुनु नै सहरीकरणका मुख्य कारण भएकामा कार्यक्रमका वक्ताले जोड दिएका हुन् । 

काठमाडौँलगायत देशका मुख्य सहरमा खानेपानीको अभाव, फोहर व्यवस्थापनको समस्या, शिक्षा तथा खुल्ला ठाउँको अभाव एवम् पूर्वजले निर्माण गरेका प्राचीन सम्पदा नष्ट हुँदै जानु नै मुख्य चुनौती बनेको बताइएको थियो । 

कार्यक्रममा एडभेन्टिस्ट डिभलपमेन्ट एन्ड रिलिफ एजेन्सीका देशीय निर्देशक डा जोसु ओरेलानाले नेपालको सबै प्रदेशको सन्तुलित विकास नभएकाले गाउँका मानिस राजधानीमा ओइरिएर समस्या उत्पन्न भएको भन्दै सबै प्रदेशको सन्तुलित विकास गरी ग्रामीण आप्रवासीलाई रोक्न सकेमात्र सहरीकरणको चुनौती समाधान हुने बताउनुभयो । 

इन्स्टिच्युट अफ सोसियल एन्ड इन्भायरोनमेन्ट ट्रान्जिसनका वरिष्ठ अनुसन्धानकर्ता अजय दीक्षित, सहरी विकास कोषका वरिष्ठ अधिकृत सुमनमेहर श्रेष्ठ तथा राष्ट्रिय भूकम्प प्रविधि समाज नेपालका नायब कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले बढ्दो जनसङ्ख्या तथा सहरीकरणका कारण बिपी राजमार्गलगायत हरेक राजमार्गमा प्रत्येक वर्ष भूक्षयको समस्या भोग्नु परिरहेको बताउँदै जलवायु परिवर्तनले भविष्यमा भूकम्प, विषम वर्षा, युद्ध, सामाजिक द्वन्द्व, हड्ताल, किराको प्रकोप, खडेरी तथा वायु प्रदूषणजस्ता जटिल समस्या आउने बताउनुभयो । 

कार्यक्रममा गृहमन्त्रालयका उपसचिव शङ्करहरि आचार्य, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अग्निनियन्त्रण तथा प्राकृतिक विपद् व्यवस्थापन शाखाका प्रमुख पुरुषोत्तम सुवेदीलगायतले नयाँ सङ्घीय संरचनाअनुसार स्थानीय तहलाई सिंहदरबारको अधिकार प्रदान गरिसकेको अवस्थामा स्थानीय तहमै निर्वाचित भएका प्रतिनिधिले विपद् जोखिम न्यूनीकरणका काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली