२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी जनयुद्ध सहरीकरणको मुख्य कारण

२०७४, १४ असार बुधबार ०७:५५

असार १४, काठमाडौँ । सहरीकरणको मुख्य कारण (नेकपा) माओवादीको १० वर्षे जनयुद्ध भएकामा जोड दिइएको छ । 

नेसनल डिजेस्टर रिस्क रिडक्सन सेन्टर तथा एडभेन्टिस्ट डिभलपमेन्ट एन्ड रिलिफ एजेन्सी नेपालद्वारा मङ्गलबार आयोजित संयुक्त कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । 

जनयुद्धका कारण ग्रामीण भेगका जनता आफ्नो थातथलोमा बस्न नसकी सहरमा आएको, ग्रामीण क्षेत्रमा असुरक्षा बढेको तथा नेपालको जनसङ्ख्या तीव्ररुपमा वृद्धि हुनु नै सहरीकरणका मुख्य कारण भएकामा कार्यक्रमका वक्ताले जोड दिएका हुन् । 

काठमाडौँलगायत देशका मुख्य सहरमा खानेपानीको अभाव, फोहर व्यवस्थापनको समस्या, शिक्षा तथा खुल्ला ठाउँको अभाव एवम् पूर्वजले निर्माण गरेका प्राचीन सम्पदा नष्ट हुँदै जानु नै मुख्य चुनौती बनेको बताइएको थियो । 

कार्यक्रममा एडभेन्टिस्ट डिभलपमेन्ट एन्ड रिलिफ एजेन्सीका देशीय निर्देशक डा जोसु ओरेलानाले नेपालको सबै प्रदेशको सन्तुलित विकास नभएकाले गाउँका मानिस राजधानीमा ओइरिएर समस्या उत्पन्न भएको भन्दै सबै प्रदेशको सन्तुलित विकास गरी ग्रामीण आप्रवासीलाई रोक्न सकेमात्र सहरीकरणको चुनौती समाधान हुने बताउनुभयो । 

इन्स्टिच्युट अफ सोसियल एन्ड इन्भायरोनमेन्ट ट्रान्जिसनका वरिष्ठ अनुसन्धानकर्ता अजय दीक्षित, सहरी विकास कोषका वरिष्ठ अधिकृत सुमनमेहर श्रेष्ठ तथा राष्ट्रिय भूकम्प प्रविधि समाज नेपालका नायब कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले बढ्दो जनसङ्ख्या तथा सहरीकरणका कारण बिपी राजमार्गलगायत हरेक राजमार्गमा प्रत्येक वर्ष भूक्षयको समस्या भोग्नु परिरहेको बताउँदै जलवायु परिवर्तनले भविष्यमा भूकम्प, विषम वर्षा, युद्ध, सामाजिक द्वन्द्व, हड्ताल, किराको प्रकोप, खडेरी तथा वायु प्रदूषणजस्ता जटिल समस्या आउने बताउनुभयो । 

कार्यक्रममा गृहमन्त्रालयका उपसचिव शङ्करहरि आचार्य, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अग्निनियन्त्रण तथा प्राकृतिक विपद् व्यवस्थापन शाखाका प्रमुख पुरुषोत्तम सुवेदीलगायतले नयाँ सङ्घीय संरचनाअनुसार स्थानीय तहलाई सिंहदरबारको अधिकार प्रदान गरिसकेको अवस्थामा स्थानीय तहमै निर्वाचित भएका प्रतिनिधिले विपद् जोखिम न्यूनीकरणका काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु