2026-10-23 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री

2026-07-01

काठमाडौँ | परराष्ट्रमन्त्री शिशिर खनालले सुस्ता र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग रहेको कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सुस्तामा नारायणी नदीको तटबन्ध निर्माणमा भारतीय सीमा सुरक्षा बलले पुर्‍याएको अवरोध र सीमा विवाद समाधानका योजनाबारे गरेको प्रश्नमा परराष्ट्रमन्त्री खनालले त्यस्तो बताएका हुन् ।

सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन उनले ताए । खनालले भने, ‘नेपाल र भारतबिच १८१६ को सुगौली सन्धिले नै सीमा निर्देशित गरेको छ । सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ ।’

सुस्ताको तटबन्ध निर्माणमा भारतीय पक्षले आपसी समन्वय गरेर मात्र काम अघि बढाउन आग्रह गरेको र सोही कारण केही समय काम रोकिएको मन्त्री खनालले स्वीकारे । ‘हामी प्रस्ट छौँ कि ती भूभागहरू नेपालका हुन् र हामीसँग यसका ऐतिहासिक प्रमाण, नक्सा र आधारहरू छन्,’ मन्त्री खनालले भने, ‘सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ ।’

मन्त्री खनालले राष्ट्रिय हित र सार्वभौमिकताको रक्षाका लागि सरकार सचेत रहेको र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित तवरले अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ