2026-10-02 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह

2026-07-01

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउनुपर्ने मान्यताका साथ सरकारले सुक्ष्म अध्ययन तथा विश्लेषण गरिरहेको बताएका छन् । निगमको ६८ औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले नेपाल वायुसेवा निगम देशको नेतृत्वदायी संस्था हुनुको नाताले सेवा सुधारको पक्षमा पनि अग्रता कायम गर्नुपर्ने बताए ।

निगमको सुधारका लागि सबैभन्दा पहिला निगमभित्रका पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारीलाई पूर्ण निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीको तर्क छ । जिम्मेवारी निर्वाहका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थादेखि स्रोत साधनको व्यवस्थापनसम्म सरकार सधै तयार रहेको प्रधानमन्त्रीले बताएका छन् । सरकारको आगामी आवको बजेटमा निगमलाई प्रभावकारी र व्यवसायिक बनाउने योजना उल्लेख गरिएको स्मरण प्रधानमन्त्रीले गरेका छन् । बजेटको ९ औं पृष्ठको १६ नम्बर बुँदामा नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने भनिएको प्रधानमन्त्रीले बताएका छन् ।

त्यसलाई सार्थकर्ता दिन सरकारले चाँडै नै आवश्यक कदम चाल्ने समेत प्रधानमन्त्रीले जानकारी गराएका छन् । यसमा सरोकारवाला सबैको सकारात्मक भूमिको समेत अपेक्षा प्रधानमन्त्रीले गरेका छन् । ‘सुशासनलाई मुख्य लक्ष्य बनाएर काम गरिरहेको सरकारलाई निगम भित्रको सुशासनको विषयमा बेलाबेलमा उठ्ने गरेका प्रश्नप्रति गम्भीर चासो रहेको स्पष्ट पार्न चाहन्छु’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने