2026-10-23 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह

2026-07-01

काठमाडौँ | प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउनुपर्ने मान्यताका साथ सरकारले सुक्ष्म अध्ययन तथा विश्लेषण गरिरहेको बताएका छन् । निगमको ६८ औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले नेपाल वायुसेवा निगम देशको नेतृत्वदायी संस्था हुनुको नाताले सेवा सुधारको पक्षमा पनि अग्रता कायम गर्नुपर्ने बताए ।

निगमको सुधारका लागि सबैभन्दा पहिला निगमभित्रका पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारीलाई पूर्ण निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीको तर्क छ । जिम्मेवारी निर्वाहका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थादेखि स्रोत साधनको व्यवस्थापनसम्म सरकार सधै तयार रहेको प्रधानमन्त्रीले बताएका छन् । सरकारको आगामी आवको बजेटमा निगमलाई प्रभावकारी र व्यवसायिक बनाउने योजना उल्लेख गरिएको स्मरण प्रधानमन्त्रीले गरेका छन् । बजेटको ९ औं पृष्ठको १६ नम्बर बुँदामा नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने भनिएको प्रधानमन्त्रीले बताएका छन् ।

त्यसलाई सार्थकर्ता दिन सरकारले चाँडै नै आवश्यक कदम चाल्ने समेत प्रधानमन्त्रीले जानकारी गराएका छन् । यसमा सरोकारवाला सबैको सकारात्मक भूमिको समेत अपेक्षा प्रधानमन्त्रीले गरेका छन् । ‘सुशासनलाई मुख्य लक्ष्य बनाएर काम गरिरहेको सरकारलाई निगम भित्रको सुशासनको विषयमा बेलाबेलमा उठ्ने गरेका प्रश्नप्रति गम्भीर चासो रहेको स्पष्ट पार्न चाहन्छु’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ