Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 25, 2024 चितवन - CTW, समाज

चितवनमा बालाजी सहकारीका अध्यक्ष बलात्कार आरोपमा पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चितवन | चितवनको बालाजी सहकारीका अध्यक्ष दिनेश राठीलाई १७ वर्षीया किशोरीमाथि बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राठीले किशोरीलाई सौराहाको एक होटलमा पुर्‍याएर जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई शनिबार नियन्त्रणमा लिइएको हो।

डिएसपी ज्ञानकुमार महतोले ४८ वर्षीय राठीविरुद्ध किशोरीले आफूमाथि करणी भएको भन्दै आफन्तलाई खबर गरेको र त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएको बताए।

प्रहरीले राठीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।