असार २१, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जान"/>

2026-09-24 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा मृत्यु हुँदा पनि राहत रकम दिएन बीमा कम्पनीले

असार २१, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् । 

रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले चार वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा पनि त्यस्तै आशा गर्नुभएको थियो । तर आशाअनुरुप उहाँ समस्यामा पर्दा बीमाबापतको राहत रकम पाउनुभएन । खाना पकाउने ‘कुक’को जागीरे भई रोजगारीका लागि कुवेत गएको सात महिनापछि उहाँ पक्षाघातले थलिनुभयो । उच्च रक्तचाप अत्यधिक हुँदा मस्तिष्काघात भई उहाँलाई शरीरका सबै अङ्ग नचल्ने पक्षाघात भयो । 

कुवेतमै एक वर्ष उपचार गरे पनि बोल्न र चल्न नसक्ने अवस्थामा नेपाल फिर्ता पठाइनुभएका उहाँ के कारणले त्यस्तो भयो भन्ने समेत परिवारले अझै भेउ पाउन सकेको छैन । 

उहाँकी जीवन सङ्गिनी गोमा बुढाथोकीले घटनाबारे सम्झना गर्दै भन्नुभयो, “गएको सात महिना भएको थियो । उहाँले पर्सि रु तीन लाख पैसा पठाइदिन लागेको छु भनेर फोन गर्नुभयो । फोन गरेको अर्को दिन त्यस्तो भएछ ।” 

नेपाल आएपछि वीर अस्पतालमा र मन्थलीमा पनि नियमित रुपमा उहाँलाई स्वास्थ्य जाँच गराइँदै आइए पनि स्वास्थ्यमा कुनै सुधार आएन । टाउकाको पछाडिको भाग चिरेको थियो, घाँटीमा पाइप हालेर तरल पदार्थ मात्रै खुवाइन्थ्यो । नेपाल फर्किएको छ महिनापछि विसं २०७२ भदौ २ गते उहाँको मृत्यु भयो । 

स्वस्थ रुपमा गएका श्रीमान् त्यो अवस्थामा फर्किएपछि गोमाले धेरैचोटि श्रीमान्सँग के भएको हो भनेर सोध्ने प्रयास गर्नुभयो । तर शम्भुबाट कुनै प्रतिक्रिया आएन । शम्भुको न त शरीरका कुनै अङ्ग चल्थ्यो, न त बोली नै फुट्थ्यो । उहाँ केवल टोलाएर हेर्नुहुन्थ्यो, कुनै प्रतिक्रिया दिनुहुन्नथ्यो । 

शम्भु यस्तो अवस्थामा फर्किएपछि गोमाले बीमारी भएको आधारमा पहिलोपटक र मृत्यु भएपछि पुनः दोस्रो पटक बीमाबापत पाउनुपर्ने रकम माग दाबी गर्दै प्राइम लाइफमा निवेदन दिनुभयो । तर तीन वर्षदेखिको उहाँको प्रयासले अझै मूर्त रुप लिन सकेको छैन । 

नियमानुसार उपचार गर्दा पनि कामदार एक वर्षसम्म सुधार नहुने किसिमको घाइते अवस्था बीमा अवधिभित्र भएमा उसलाई बीमाले पूर्ण रकम दिनुपर्छ । तर प्राइम लाइफले बीमा नियमले यस्तो घटनामा दिन नमिल्ने भन्दै क्षतिपूर्तिबापतको रकम नदिएको गोमाले जानकारी दिनुभयो । 

प्राइम लाइफले पटक/पटक बीमाको पैसा दिन्छु भन्दै उहाँलाई झुक्याइरह्यो तर अहिलेसम्म दिएको छैन । उहाँले भन्नुभयो, “बीमाबापतको रकम पाइन्छ कि भनेर तीन÷चारचोटि काठमाडौँ गएँ । उल्टै भएको पैसा पनि सकियो ।” 

प्राइम लाइफको वैदेशिक रोजगार बीमाको क्षेत्र हेर्दै आउनुभएका अधिकृत विमलबहादुर राउतले यो घटनाबारे अनभिज्ञता प्रकट गर्दै प्रक्रिया पूरा भएर आएका सबै घटनामा आफूहरुले बीमाबापतको रकम दिने गरेको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, “वर्षमा हामी रु २० करोड जति वैदेशिक रोजगारमा गएका पीडित र उनका परिवारजनलाई दिँदै आएका छौँ । शम्भुजीको विषयमा केही प्रक्रिया पूरा नभएकाले नपाउनुभएको होला । प्रक्रिया पूरा भए नपाउने कुरै हुँदैन ।” 

आफूले बीमा रकम नपाएपछि यो विषयमा गोमाले बीमा समितिमा पनि उजुरी गर्नुभयो । निजी बीमा कम्पनीले त ठग्यो नै सरकारी निकायको रुपमा रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले समेत उहाँलाई पूरै क्षतिपूर्ति रकम दिएन । बोर्डबाट उहाँले रु ७५ हजार मात्रै पाउनुभयो जबकि उहाँको जस्तै घटनामा अन्य व्यक्तिले बोर्डबाट रु तीन लाखसम्म पाएका उदाहरण छन् । 

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसँग यो विषयमा सोध्दा उहाँले ‘यस्तो घटनामा पूरै रकम पाउनुपर्ने हो, किन दिइएनछ, म अफिसमा सोधखोज गर्छु’ भन्ने जवाफ दिनुभयो । 

शम्भुलाई नेपाल ल्याइएपछि उपचारको क्रममा भैँसीदेखि बारी बेचे पनि निको हुन नसकेको पीडा गोमालाई छ । उहाँले भन्नुभयो, “एक जनाले झारफुक गरेर सञ्चो पारिदिन्छु भनेर पाँच दिन घरमै आएर बस्यो । भदौ १ गते झारफुक गरेर रु १५ हजार लगेर त्यो मान्छे गयो । अर्को दिन भदौ २ गते उहाँ बित्नुभयो ।” 

श्रीमान् कुवेत जाँदा जग्गाको लालपुर्जा धितो राखी रु एक लाख ऋण लिएर गएको उहाँले जानकारी दिनुभयो । श्रीमान्को किरिया गर्दा लागेको रु ५० हजार ऋण पनि तिर्न अझै बाँकी छ । 

उहाँका तीन छोरी र दुई छोरा छन् । जेठी छोरीको बिहे भइसक्यो । घरमा रहेकी एउटी छोरी कक्षा १० मा, एउटा छोरा कक्षा ८, अर्की छोरी कक्षा पाँचमा र सानो चार वर्षको छोरा नर्सरीमा पढ्दैछन् । 

बीमाबापतको रकम आए छोराछोरीलाई धेरै पढाउने गोमाको चाहना छ । कान्छो छोरालाई काखमा च्याप्दै आँखाबाट आँसु झार्दै उहाँले प्रश्न गर्नुभयो, “छोराछोरीलाई धेरै पढाउने मन छ तर, कमाउने मान्छे बित्नुभयो । खान त छ महिनालाई मात्रै पुग्छ, कसरी पढाउने हो हजुर ?” किरण भट्टराई/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो