2026-09-30 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट

काठमाडौँ | राष्ट्रियसभा सदस्य नरबहादुर बिष्टले सरकारले आफैँ विपत्ति सिर्जना गरेर राहत बाँडेको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा उनले यसअघि जनता विपत्तिमा पर्दा सरकारले राहत बाँड्ने अभ्यास भए पनि यसपटक सरकारले आफैँ विपत्ति निम्त्याएर राहत बाँडेको बताए ।

“सरकारको निर्णयबाट अचम्मित छु । सरकारले राहत दिने भनेको विपत्ति आइपरेपछि हो । प्राकृतिक प्रकोप वा ठूला विपत्तिमा जनता परेपछि सरकारले राहत दिने गर्थ्यो,” उनले भने, “नयाँ सरकारले त नयाँ काम गरेर देखाइदियो– सुकुम्वासी बस्तीमा डोजर चलाएर आफैँ विपत्ति सिर्जना गरेर १५ देखि ३० हजार राहत वितरण गर्‍यो ।”

यस्तो निर्णयलाई पनि उत्कृष्ट काम गरेको भनेर प्रचार गरिएको उनको भनाइ छ । “त्यहाँभित्र कांग्रेस, एमाले, माओवादी मात्र थिएनन्, त्यहाँ अरु बस्ति पनि थिए,” उनले भने, “हुकुमवासीलाई छानबिन गर्नुपर्दछ भन्ने मान्यता म पनि राख्दछु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री