८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लागूऔषधसहित एक महिनामा चौध समूह पक्राउ

२२ असार २०७४, बिहीबार ०८:१७

असार २२, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ । 

प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको हो । 

यस्तै प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दी घर भएका सोनु कापरलाई पक्राउ गरेको छ । कापरसँग प्रभागले १३० एम्पुल डाइजेल्याब, १२० एम्पुल फेनार्गन, १२० एम्पुल नुर्फिन र १९ एम्पुल लुपिजेसिक बरामद गरेको छ । 

प्रभागका प्रमुख ऋषिराम घर्तीमगरले सर्लाही मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ९२६७ नम्बरको यात्रुबाहक बसबाट लागूऔषध बरामद गरेको जानकारी दिनुभयो । 

प्रभागले लागूऔषध ओसारपसारमा संलग्न थप दुई जनालाई कलङ्कीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका सविन लामा र प्रभुराम आलेमगर रहेका छन् । 

प्रभागका प्रमुख घर्तीमगरले पक्राउ गरिएका अभियुक्तको थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ