८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी, इजिप्ट र युएइमा नेपाली सुरक्षित: उपप्रधानमन्त्री महरा

२२ असार २०७४, बिहीबार १३:०४

असार २२, काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले खाडी मुलुकका तीन राजदूतसँग आज भएको शिष्टाचार भेटवार्तामा ती मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिँदै त्यहाँ नेपालीले सुरक्षित रुपमा काम गर्न पाउनुपर्ने बताउनुभएको छ । 

परराष्ट्रमन्त्री महराले कतारमा देखिएको कूटनीतिक समस्यालाई शान्ति र वार्ताका माध्यमबाटै समाधान हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण तवरले हामीले हाम्रा समस्या समाधान गरौँ, यहाँहरुको समस्या पनि वार्ताका माध्यमबाटै हल गर्नुहोस् ।” नेपाल कुनै पनि किसिमका आतङ्कवादका पक्षमा नरहेको स्पष्ट पार्दै उपप्रधानमन्त्री महराले खाडी मुलुकमा देखिएका समस्याका कारण त्यहाँका कुनै पनि मित्र राष्ट्रसँग नेपालको सम्बन्धमा समस्या हुँदैन भन्नुभयो । 

सो अवसरमा साउदी अरबका राजदूत अब्दुलनासेर हुस्सेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नबिल अब्देलफताह हेल्मी र संयुक्त अरब इमिरेट्सका कावा राजदूत हइथम अलले संयुक्त रुपमा कतारसँग गरिएको सम्बन्धबिच्छेदको जानकारी गराउनुभयो । 

इजिप्टका राजदूत हेल्मीले कतारसँग सम्बन्धबिच्छेद गर्नुपरेका कारणबारे जानकारी गराउँदै भन्नुभयो, “कतारले मुस्लिम ब्रदरहुडलाई वित्तीय सहयोग गरेर आतङ्कवादलाई संरक्षण गरेको छ । अलजजिरा नेटवर्क जनताका विरुद्धमा छ ।” साउदीका राजदूत हल–हार्थीले साउदी, इजिप्ट र युएइमा कार्यरत नेपाली पूर्ण रुपमा सुरक्षित रहेको र तिनको दैनिकीमा कुनै समस्या नआउने बताउनुभयो । 

यसैबीच परराष्ट्रमन्त्री महराले आजै नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकसँग भएको शिष्टाचार भेटमा दक्षिण कोरिया दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को पर्यवेक्षक राष्ट्र भएका कारणले दुई देशबीचको घनिष्ठता अझै बलियो भएको र आर्थिक एवम् जनस्तरमा पनि महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो । 

सो अवसरमा राजदूत पार्कले कोरियामा गएर नेपालीले पैसा कमाउनाका साथै कोरियाको विकास निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष ३० देखि ३५ हजार कोरियाली नेपाल आउने गरेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनमा आपसी सहयोग आदानप्रदान गर्न सकिने धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ