2026-07-25 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

अमेरिकामा क्यान्सरसँग लडिरहेका विवेक पंगेनीको निधन

काठमाडौँ | अमेरिकामा क्यान्सरसँग लडिरहेका नेपाली युवा विवेक पंगेनीको अस्पतालमा उपचारकै क्रममा निधन भएको छ। विवेकलाई ब्रेन क्यान्सर भएको थियो ।

चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका विवेकलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले भरपुर प्रयास गरेकी थिइन्। श्रीमानका लागि गरेको त्याग र समर्पणले सामाजिक सञ्जालमा समेत धेरैको प्रशंसा पाएको थियो।

विवेकको स्वास्थ्य अवस्था केही दिनदेखि गम्भीर बनेको थियो। अन्ततः उनको हिजो निधन भएको सिर्जनाका पिता शिव सुवेदीले पुष्टि गरेका छन्। विवेकका पिता मिनराज पंगेनीले छोरा गम्भीर भएपछि अमेरिका प्रस्थान गरेका थिए। शव नेपाल ल्याउनेबारे निर्णय हुन बाँकी छ।

२०७९ सालमा भौतिकशास्त्रमा पीएचडीका लागि फुल स्कलरशिपमा अमेरिका पुगेका थिए। अमेरिका पुगेको पाँच महिनापछि आमाको निधन हुँदा उनी नेपाल फर्किएका थिए। आमाको काजकिरिया सकेर अमेरिका जाने तयारीमा थिए।
अमेरिका जाने अघिल्लो दिन स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा थाहा भयो, विवेकलाई क्यान्सरले गाँजिसकेको रहेछ । चौंथो स्टेजमा पुगेको ब्रेन ट्युमर देखिएको थियो । त्यसपछि उनीहरु निर्धारित दिनमै अमेरिका गए र विवेकलाई त्यहाँको अस्पतालमा भर्ना गरियो ।

अमेरिका पुगेपछि विवेकको दुईपटक शल्यक्रिया गरियो र ७०% ट्युमर हटाइयो। बाँकी उपचारका लागि किमोथेरापी र रेडियसन गरियो। सिर्जनाले श्रीमानको अवस्था बारे सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै सहयोगको अपिल गरेकी थिइन्। त्यसपछि गो फन्डमार्फत १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन भएको थियो।

विवेकको मृत्युअघि चार महिना अगाडि उनका भाइको पनि दुर्घटनामा निधन भएको थियो। विवेकको परिवारले छोटो समयमै दुई ठूला क्षति सहनुपरेको छ।

विवेक र सिर्जनाको प्रेम र संघर्षको कथा टिकटकमा निकै चर्चित थियो। उनीहरूको असामयिक मृत्युले धेरैलाई मर्माहत बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक