2026-09-27 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ

काठमाडौँ | साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले तोडफोड गरेको छ। यस घटनामा ६ जनालाई पक्राउ गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेको छ।

उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्यहरूले हैदरावादको जुबली हिल्समा रहेको अर्जुनको घरमा आक्रमण गरेको भिडियो पनि सार्वजनिक भएको छ।

भिडियोमा उनको घरमा ढुङ्गा हानेको देख्न सकिन्छ। आइतबार, उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूको एक समूहले अर्जुनको घर बाहिर हङ्गामा मच्चाए र टमाटर फ्याँकेका थिए । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको बताइएको छ।

घटनाको समयमा अल्लु अर्जुन घरमा थिएनन्। अल्लु अर्जुनको घरमा जबरजस्ती प्रवेश गर्न खोज्दै भाग दौडमा निधन भएका रेवतीको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए भने भाग दौडमा घाइते भएका र हैदरावादको एक निजी अस्पतालमा उपचार गराइरहेका ९ वर्षीया बालिका सृतेजलाई न्याय दिन पनि माग गरेका थिए।

अल्लु अर्जुनले आइतबार एक विज्ञप्ति जारी गरेपछि घटना भएको जानकारी दिँदै आफ्ना फ्यानहरूलाई कुनै पनि अपमानजनक भाषा वा व्यवहारबाट बच्न अनलाइन र अफलाइनमा सन्ध्या थिएटर स्टम्पेड केसमा आफूमाथि लगाइएका नयाँ आरोपहरूको पोस्टमा नजोडिन आग्रह गरेका थिए।

उनले पोस्टमा लेखेका छन्, ‘म मेरा सबै फ्यानहरूलाई सधैँ झैँ जिम्मेवारीपूर्वक आफ्ना भावनाहरू व्यक्त गर्न र अनलाइन र अफलाइनमा कुनै पनि प्रकारको अपमानजनक भाषा वा व्यवहारको सहारा नगर्न अपिल गर्दछु । आफूलाई मेरो फ्यान भनी गलत परिचय दिएर फेक आइडी र फेक प्रोफाइलबाट बदनाम गर्ने पोस्ट गर्ने विरुद्ध कडा कारबाही गरिनेछ । म फ्यानहरूलाई त्यस्ता पोस्टहरूमा संलग्न नहुन अनुरोध गर्दछु।’

डिसेम्बर १३ मा, अल्लु अर्जुन हालै रिलिज भएको फिल्म पुष्प २: द रुलको प्रिमियरको क्रममा सन्ध्या थिएटरमा भएको दुखद भाग दौडको सम्बन्धमा पक्राउ परेका थिए, जसमा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो र घाइते भएका उनका छोरालाई आइसियुमा उपचार भइरहेको छ । यस प्रकरणमा अल्लु अर्जुनले जेलमा एक रात बिताएपछि जमानत पाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह