2026-07-28 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी

तालिवान | पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिबानका संदिग्ध लुकेको क्षेत्रलाई निशाना बनाएर गरिएको आक्रमणमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।

आक्रमणबाट पाकिस्तानी तालिबान तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी)को तालिम केन्द्र ध्वस्त भएको पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ । तर, पाकिस्तानी विमानहरू अफगानिस्तानमा कतिसम्म पुगे र कसरी आक्रमण गरे भन्नेबारे खुलाइएको छैन ।

मार्चयता दोस्रोपटक पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको हो ।

अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी हवाई आक्रमणको निन्दा गरेको छ । काबुलले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर हमला गरिएको आरोप लगाएको छ । अफगानिस्तानले यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन भनेको छ ।

अफगानिस्तानले हवाई आक्रमणको जवाफ दिने बताएको छ। “आफ्नो मातृभूमिको रक्षा गर्नु हाम्रो अधिकार हो, हामी यो कायरतापूर्ण आक्रमणको अवश्य जवाफ दिनेछौँ,” अफगानिस्तानको रक्षा मन्त्रालयले भनेको छ ।
टीटीपीले सन् २०२२ देखि पाकिस्तानमा आक्रमणलाई तीव्र पारेको छ । पाकिस्तानमा आतंकवादी हमला गर्न पाकिस्तानी तालिबानले अफगानिस्तानको भूमि प्रयोग गरेको पाकिस्तानको आरोप छ । तर, अफगानिस्तानले पाकिस्तानको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०२१ मा अफगानिस्तानमा तालिवानको पुनरागमनसँगै पाकिस्तानी तालिबान (टीटीपी) बलियो भएको छ । टीटीपीले नोभेम्बर २०२२ मा पाकिस्तानसँगको युद्धविराम एकपक्षीयरूपमा समाप्त गरेको थियो । त्ययसपछि उनले पाकिस्तानमाथि आक्रमणलाई तीव्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै