२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ जना घाइते

११ पुष २०८१, बिहीबार १३:०८

काठमाडौँ | भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य नौजना घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

भोजपुर नगरपालिका-५ बोखिमको डाडाँटोल भन्ने ठाउँको भित्री सडक खण्डमा आज बिहान साढे ८ बजेतिर प्रदेश १-०२-००२ च ६९२३ नम्बरको स्कार्पिओ सडकबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घलेको मृत्यु भएको श्रेष्ठले बताए।

दुर्घटनामा स्कार्पिओ चालक र एक बालकसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।

‘गम्भीर घाइते तीनजनालाई थप उपचारको लाग केही बेरअघि हेलिकप्टरबाट काठमाडौँ पठाएका छौँ,’ श्रेष्ठले भने, ‘अन्य घाइतेको अहिलेसम्म भोजपुर जिल्ला अस्पतालमै उपचार भइरहेको छ। त्यसमध्ये बढी चोट लागेका केहीलाई धरान लैजाने तयारी हुँदैछ।’

इन्सपेक्टर राईका अनुसार गम्भीर घाइते भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको हो।

स्कार्पिओ चालक सुनसरीको धरान- ८ का सुदीप लिम्बू उपचारपछि डिस्चार्ज भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

स्थानीय टेम्केडाँडा भ्रमणमा जाँदै गरेका यात्रु सवार स्कर्पिओ आफैँ अनियन्त्रित भइ सडकबाट करिब २५० मिटर तल खसेको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह