२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु

२०८१, १४ पुष आईतवार ०८:४८

काठमाडौं । दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ ।

आइतबार थाइल्याण्डको बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो |विमानमा सवार १८१ जना यात्रु मध्ये २८ जनाको दुर्घटनामा ज्यान गएको विदशे सञ्चारमाध्यमले जनाएका छन।

मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान धावनमार्गबाट ​​बाहिरिएर पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमान दुर्घटना नेपाली समय अनुसार बिहान ५:५७ बजे दक्षिण कोरियाको दक्षिण जेओलामा रहेको दक्षिण पश्चिम तटीय विमानस्थलमा भएको हो।

अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । दुर्घटनाको कारण स्पष्ट नभएपनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा