२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विमान दुर्घटना अघि कोरियन यात्रुको म्यासेज- ‘हाम्रो विमानमा चरो अडकिएको छ’

१५ पुष २०८१, सोमबार १२:५५

काठमाडौँ | आइतबार बिहान दक्षिण कोरियामा शोकको वातावरण थियो। जहाँ १८१ यात्रु बोकेको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

विमान धावनमार्गबाट ​​चिप्लिएर बाउन्ड्री बारमा ठोक्किएपछि आगलागी भएको थियो। यस दुर्घटनामा १७९ जनाको ज्यान गएको थियो भने दुई जना मात्र बाँच्न सफल भएका छन्।

दुर्घटनापछि पीडितका परिवार र साथीहरू विमानस्थलमा भेला भएका थिए। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको खोजीमा निराश देखिन्थे। यस विमानमा एक व्यक्ति पनि थिए, जसलाई पहिले नै आफ्नो मृत्युको डर भइसकेको थियो। उनले विमान भित्रबाट यस्तो सन्देश पठाए, यो पढेपछि परिवारका सदस्यहरु स्तब्ध भए र उनीहरु दौडेर एयरपोर्ट पुगेका थिए।

एयरपोर्टमा उपस्थित एक परिवारका अनुसार दुर्घटना हुनु केही मिनेट अघि उनीहरूलाई विमानमा सवार व्यक्तिबाट सन्देश प्राप्त भएको थियो, जसमा विमानको पखेटामा चरा अड्किएको लेखिएको थियो।

विमान दुर्घटना हुनुअघि बिहान ९ बजे पठाइएको सन्देशमा उनले लेखेका थिए, ‘चरा पखेटामा अड्किएको छ, हामी अवतरण गर्न सकेका छैनौं।’

कोरिया टाइम्सको एक रिपोर्ट अनुसार जब ती मानिसलाई यो कति समय अघि भएको थियो भनेर सोधियो, उनले करिब एक मिनेट भन्ने जवाफ दिदै लेखेका थिए, ‘अब, मैले इच्छा दरिलो बनाउनुपर्छ र भगवानसँग प्राथना गर्नुबाहेक कुनै उपाय मसँग छैन।’

चरा ठोक्किएर विमानको ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले आशंका गरेको छ। यो दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ।

दक्षिण कोरियामा भएको यो दुर्घटनाले परिवारका सदस्य र नागरिकमा गहिरो शोक फैलाएको छ। मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै यस दुखद घटनाको विस्तृत अनुसन्धान भइरहेको त्यहाँको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह