Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक महिला घाइते

२०८१, १७ पुष बुधबार ११:३२

काठमाडौँ | गैंडाको आक्रमणबाट मकवानपुरमा फेरि एक जना महिला घाइते भएकी छन् । पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर खोला नजिक रहेको लामेदार मध्यवर्ती सामुदायिक वनमा जंगली जनावर गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् ।

वनमा घाँस काटन तथा गोबर टिप्न गएकी वृद्धा महिलाला गैंडाले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते महिला चितवन जिल्ला राप्ती नगरपालिका–१, दुबिचौरकी हुन् । घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनास्थल मकवानपुर र चितवनको सीमाना हो ।

गैँडाको आक्रमणबाट हिजो मात्र एक महिलाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । जङ्गलबाट बस्ती प्रवेश गरेको गैँडाको रत्ननगर–१६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापाको मृत्यु भएको थियो । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । गैंडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश