२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जागिर छाड्छु भन्न नसकेर कर्मचारीले काटे आफ्नै चार औँला

१८ पुष २०८१, बिहीबार १४:०८

काठमाडौँ | भारतको गुजरातमा एक अनौठो घटना भएको छ, जहाँ जागिर छोड्ने कुरा हाकिमलाई भन्न नसक्दा एक युवकले आफ्नै चार औँला काटेका छन्। सुरतका मयुर तारापाराले जागिरलाई निरन्तरता दिन नसक्ने कुरा व्यक्त गर्न कठिन भएकोले यस्तो कठोर कदम उठाएका हुन्।

घटना डिसेम्बर महिनाको शुरुको हो । आफ्नो बायाँ हातको चार औँला काटियो भन्दै सुरतका बसिन्दा मयुर तारापारा पुलिस थाना पुगे । आफू मोटरसाइकल चढेर साथीको घरमा गइरहँदा रिँगटा लागेको अनि सडकको छेउमा बसेको तर १० मिनेटपछि होस आउँदा चार ओटा औँला काटिएको उनको भनाइ थियो ।

सुरुमा त प्रहरीले पनि काला जादुको लागि युवकको औँला कसैले काटेर लग्यो होला भन्ने सोच्यो । तर अनुसन्धानका क्रममा उनले सुनाएको कहानीमा कयौँ कुरा सन्दिग्ध देखियो । घटना सुरतको अम्रोली प्रहरी थानामा दर्ता भयो ।

त्यसपछि सहरको अपराध शाखासम्म मामिला पुग्यो । पीडितले भनेको ठाउँको सीसीटीभी क्यामरा हेर्ने क्रममा मयुर चक्रपथको नजिक बाइक राखेर गएको अनि आउँदा चोटग्रस्त हात लिएर फर्किएको देखियो । सडकमा उनलाई कसैले पिछा गरेको पनि देखिएन । प्रहरीले केरकार गर्दा युवकले आफैँले आफ्ना औँला काटेको स्वीकारे । आफैँले चक्कु किनेर ल्याएको अनि घटनाको दिन राति १० बजे चार दिनपछि औँला काटेको उनले बताए । चक्कु र काटिएका औँला युवकले झोलामा राखेर फ्याके ।

आफन्तको हिरा कम्पनीमा काम गर्न नचाहेकोले औँला काटेर फ्याकेको सत्य मयुरले हिचकिचाहटको साथमा प्रहरीलाई बताएका थिए । रोजगारदातालाई तिम्रो कम्पनीमा अब उप्रान्त जागिर खाँदिन भन्नुको गाह्रोले उनले औँला नै काटेर फ्याके ।

औँला नभएपछि उनी उक्त कम्पनीमा काम गर्नका लागि योग्य रहँदैनथे । प्रहरीले मयुरको तीन वटा औँलासहितको झोला फेला पारेका छन् । यस घटनाबारे प्रहरीले अरू छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ