२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति

१ माघ २०८१, मंगलवार ११:२३

काठमाडौँ | गाजामा युद्धविराम तथा इजरायली बन्धकहरूको रिहाइका लागि इजरायल र हमास सम्झौताको नजिक पुगेक छन् । एक प्यालेस्टिनी अधिकारीले दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका छन् ।

एक इजरायली अधिकारीले समाचार संस्था रोयटर्सलाई वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । केही घण्टा या दिनमा सम्झौता हुन सक्ने उनले बताएका छन् । बीबीसीका अनुसार सम्झौता भएको पहिलो दिन समासले तीन बन्धकलाई रिहा गर्न दुवै पक्ष सहमत भएका छन् । त्यसपछि इजरायलले आफ्ना सैनिकलाई फिर्ता बोलाउन सुरु गर्नेछ ।

त्यसको ७ दिनपछि हमासले अन्य चार जना बन्धकहरूलाई रिहा गर्नेछ । इजरायलले भने दक्षिणी क्षेत्रबाट विस्थापित भएकाहरूलाई उत्तरतर्फ जाने अनुमति दिनेछ । यद्यपि, उनीहरू तटीय क्षेत्रका सडकबाट पैदल जान सक्छन् ।

बीबीसीका अनुसार युद्धविराम सम्झौतामा इजरायली सेना फिलाडेल्फी कोरिडोरमा रहने र ४२ दिनको पहिलो चरणमा पूर्वी तथा उत्तरी सीमा ८०० मिटरको बफरजोन बनाइइने उल्लेख छ । उक्त सम्झौताअनुसार इजरायल १ हजार प्यालिस्टिनी कैदीलाई रिहा गर्न सहमत भएको छ । त्यसमध्ये १९० यस्ता कैदी छन् जो १५ वर्ष या त्योभन्दा धेरै समयदेखि सजाय काटीरहेका छन् । यसको बदलामा हमास ३४ बन्धकलाई रिहा गर्नेछ ।

यो सम्झौताअनुसार दोस्रो तथा तेस्रो चरणको वार्ता पहिलो चरणको १६औँ दिनमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’