2026-10-09 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टेस्ट सिरिजमा लज्जास्पद हारपछि खेलाडी श्रीमतीसँग बस्न नपाउनेसहित बीसीसीआईले बदल्यो यी ३ नियम!

काठमाडौँ | न्युजिल्यान्ड र अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा भारतीय टोलीको लज्जास्पद हारपछि अब बीसीसीआईले कडा कदम चालेको छ ।

शनिबार मुम्बईमा मुख्य प्रशिक्षक गौतम गम्भीर, मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्मासँग बीसीसीआई अधिकारीहरूको समीक्षा बैठकपछि खेलाडी र प्रशिक्षक स्टाफका लागि नयाँ दिशानिर्देशहरू बनेको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार बोर्डले कोभिड–१९ का कारण खुकुलो पारिएका सन् २०१९ अघिका नियमहरू पुनः लागू गर्नेबारे विचार गरेको छ ।

परिवारसँग १४ दिन मात्रै बस्न पाउने
अब भारतीय टोलीका खेलाडीहरु आफ्नी श्रीमती र परिवारका सदस्यहरु सम्पूर्ण भ्रमणमा यात्रा गर्न पाउने छैनन् । यदि कुनै प्रतियोगिता वा शृङ्खला ४५ दिनभन्दा बढी चल्यो भने पत्नी वा परिवारले खेलाडीसँग १४ दिन मात्रै बस्न पाउनेछन् । छोटो यात्राको लागि यो सीमा सात दिन मात्र हुनेछ ।

भर्खरै सम्पन्न अष्ट्रेलिया सिरिजमा विराट कोहली र केएल राहुल जस्ता धेरै क्रिकेटरका पत्नीहरू सबै खेलमा उपस्थित थिए । सम्पूर्ण भ्रमणमा परिवारको उपस्थितिले खेलाडीको प्रदर्शनमा असर पर्ने बोर्डको विश्वास छ ।

सबै खेलाडीले बसमा सँगै यात्रा गर्ने
रिपोर्टकाअनुसार टोलीको एकतालाई ध्यानमा राख्दै अब सबै खेलाडीले टिम बसमा मात्र यात्रा गर्नेछन् । खेलाडी जतिसुकै उमेरका भए पनि उनलाई छुट्टै यात्रा गर्न दिइने छैन । पछिल्ला केही वर्षमा धेरै खेलाडी एक्लै यात्रा गर्दथे तर अब त्यस्तो हुने छैन ।

खेलाडीहरु बाहेक बीसीसीआईले भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरका प्रबन्धकलाई पनि टोलीको होटलमा बस्न नदिने निर्णय गरेको छ । उनीहरुलाई भीआईपी बक्सबाट खेल हेर्न नपाउने र टिम बस चलाउन पनि रोक लगाइएको छ ।

सहयोगी कर्मचारीको कार्यकाल तोकिने
अस्ट्रेलिया भ्रमणमा पराजयपछि भारतीय टोलीको सपोर्ट स्टाफलाई लिएर पनि प्रश्न उठिरहेको छ । धेरै कर्मचारीहरू वर्षौंदेखि टोलीसँग छन् जसले प्रदर्शनलाई स्थिर बनाएको छ ।

सहायक कर्मचारीको कार्यकाल दुई वर्षको हुने र एक वर्ष थप गर्न सकिने निर्णय भएको छ । यसको मतलब उनको अधिकतम कार्यकाल तीन वर्ष हुन सक्छ । यस्तो अवस्थामा अब धेरै सहयोगी कर्मचारीलाई अवकाश दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल