लुङग्री गाउँपालिका अध्यक्ष ज्यु नमस्कार !

अहिले वर्तमान सन्दर्भमा २० वर्ष पछि मात्र हाम्रो देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । साथै लुङग्री गाउँपालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लुङग्री गाउँपालिका अध्यक्ष ज्यु नमस्कार !

अहिले वर्तमान सन्दर्भमा २० वर्ष पछि मात्र हाम्रो देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । साथै लुङग्री गाउँपालि"/>

2026-10-26 06:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

रोल्पा लुङग्री गाउँपालिका अध्यक्षलाई खाडीबाट युवाको खुला पत्र !

लुङग्री गाउँपालिका अध्यक्ष ज्यु नमस्कार !

अहिले वर्तमान सन्दर्भमा २० वर्ष पछि मात्र हाम्रो देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । साथै लुङग्री गाउँपालिकामा रहेको सात ओटा वडा त्यसैगरी साबीकको पाँच ओटा गाबिसको एउटा गाउँपालिका रहेको छ । जसको अध्यक्षमा हजुरलाई जनताले चुनिसकेका छन, यस गाउँपालिकाको उमेदवार तपाईं मात्रै नभइ तपाई संगै चुनावी माहोलमा रहेका तुलराम खड्का, राजेन्द्र बुढाथोकी, दिल बहादुर गुरुङ साथमा तपाई लगाएत चारैजना आ-आफ्नै छुट्टाछुट्टै भिजन अनि बिकासको प्रतिबद्धता जाहेर गर्दै हिडिरहेको मेरो कानले सुनेको थियो भने मेरो आँखाले पनि प्रत्येक्ष देखेको थियो ।

कोहि पनि कमि हुनुहुन्नथ्यो त्यो गाउँ घरको बाटोमा उकाली ओराली गर्दै आ-आफ्नै छुट्टाछुट्टै समुह कार्यकर्तासंगै घरदैलो कार्यक्रम गर्दै हिडेको आज म जन्मभुमी देखि धेरै टाढा छु कारण बिडम्बना भन्नुपर्छ हामी करोडौं नेपाली मध्य लाखौं युवाहरु पराइ भुमीमा आफ्नो ज्यानको बाजी राखेर अमुल्य पसिना संगै पैसा को निम्ति विभिन्न दुख पीडा सङग संघर्ष गर्दै दिन बिताइरहेका छौ । ती लाखौ प्रवासी युवा मध्यमा म एक युवा हु रोल्पा लुङग्री गाउँपालिका वडा नम्बर ६ गुम्चालको चोम बहादुर बिष्ट जहाँ आज कतारबाट गाउँसम्म खुल्ला पत्र लेख्न गइरहेको छु ।

लुङग्री गाउँपालिका अध्यक्षसहित निर्वाचित जनप्रतिनिधिहरु 

अहिले देशको २० सौ बर्ष पछिको स्थानीय तहको निर्वाचन बाट गाउँपालिका अध्यक्षमा तपाई निर्वाचित हुनु भएको छ यतिबेला तपाईं निकै खुसी हर्षित हुनुहुन्छ र खुसी हुनु पनि स्वाभाविक नै हो र आज तपाई माथी आएको छ जुन गाउँका जनताले तपाईं माथी ठूलो भरोसा राख्दै तिन जना उमेदवार लाई पछि पारेका छन जसमा पनि एउटा रोचक अनि आचर्य अचम्मित बनाएको छ ।

हजुर को बिजयको खबरले जोकि पाच वटा वडा बाट तुलराम खड्काको प्यानेल ले जितेको थियो भने तपाईं को प्यानेल बाट दुई वडा मात्रै तर गाउँपालिकामा जित तपाईंको हुनु भनेको यतिबेला यस गाउँपालिकाले तपाईलाई नै सक्षम अनि यस गाउँको लागि गर्न सक्नुहुन्छ भनेर बिजय गरेका छन तसर्थ गाउँको अमुल्य भोटको परिणाम के कसरी प्रस्तुत गर्ने भन्ने कुरामा तपाईं माथी ठुलो जिम्मेवारी आएको छ । त्यो जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ या सक्नु हुन्न त्यो भने प्रत्येक्ष जनताले हेर्नेछन । 

जित्दै गर्दा प्रमुख हुँदै गर्दा कुनै न कुनै टिकाटिपनी आउनु संका उपसंका हुनु स्वाभाविककै हो, त्यसैले गम्भीरतापूर्वक जनातालाइ जे बोलिबचन अनि बिकासको प्रतिबद्धता जाहेर गर्नु भयो त्यो भन्दा पनि अझै थुप्रै बिकास गरेर जनता मन जित्नु होला, जुन देशको मन्त्री प्रधानमन्त्री हुँदै गर्दा मंचमा उभिएर खाली भाषणमा बोलेर सिमित हुन्थ्यो त्यो पक्कै हुनेछैन मेरो गाउँपालिकामा, बिकासको निम्ति अग्रसरता भएर सधैभरी गाउँमै ध्यानाकर्षण गर्नुहुनेछ भन्ने म लागएत सम्पुर्ण गाउबासिले ठूलो बिस्वास लिएका छन । जहाँ जनताले  एउटा सक्षम प्रतिनिधि नै मानेर यति धेरै मत दिएको हुनुपर्छ ।

लुङग्री गाउँपालिका अध्यक्षसहित निर्वाचित जनप्रतिनिधिहरु 

जनताहरु एउटा असल,  इमान्दार र कर्मव्यनिष्ठ प्रतिनिधिको खोजी गरिरहेका हुन्छन् जनताले तपाइलार्इँ राम्रोसँग चिनिसकेका र चिनेर नै रोल्पा जिल्ला बाट एउटा स्थान ओगट्न सफल हुनु भएकोमा सबैतिरबाट हार्दिक बधाई समेत व्यक्त गरिसकेका छन्। यस ठाउँमा गाउँपालिकाको पहिलो प्रमुख  भएर हजुर ले केही बिकासको परिवर्तन संगै बेरोजगार युवा वृद्ध अपांग अशक्त असाय दुखी पीडितहरुको मनमा बस्न सफल हुनुहुनेछ भन्ने हामीले आशा लिएका छौ ।

तसर्थ सरकारले पनि स्थानीय स्थरमा बिकास कार्य संचालन गर्न सजिलो होस भनी प्रदेश गाउँपालिका खाका तयार पारेको हो । बिशेषत: यस गाउँपालिकामा रहेको ऐतिहासिक पुरानो थर्कोट, शिवालय मन्दिर, बराहक्षेत्र, बनजङ्गल अतिक्रमणको अन्त्य तथा वडाचौर बिमानस्थल पुन: संचालन संरक्षण गर्न सक्यौ भने यसबाट पनि आयस्रोत बढाउन सकिन्छ ।

यश गाउँपालिकाको धेरै प्रायजसो ठाउँमा पिउन योग्य पानीको अभाव रहेको हुदा खानेपानीमा ध्यानाकर्षण होस त्यस्तै मोटरबाटो रुट सबै वडालाइ छोएको भएता पनि पूर्ण रूपमा सबै गाउँ टोलमा पुगोस बिषेश जीवनको संबेदनसिल क्षेत्र शिक्षा स्वास्थमा ध्यान पुगोस शिक्षा, स्वास्थ, विद्युत, प्रशासनिक क्षेत्र जस्ता बिकासका पूर्वाधारहरु मजबुत आधार  बनाइयोस कतिपय गाउँमा अझैपनि मोबाइल नेटवर्कले भनेजस्तो गाउँले स्थानीय बासिले सदुपयोग भएको छैन कतिपय ठाउँमा नेटवर्कको लागि मोबाइल बोकेर अग्लो डाडा तिर जानुपर्ने अवस्था पनि अझै कायम नै छ भने यस गाउँपालिका विद्युत लाइन  प्रसारण देखि अलि दुरि टाढा भएको हुदा र टुकि बत्ती बाल्ने बाट केही परिवर्तन भएर अहिले घर घरमा सोलार स्टिम रहेकोछ  र यसबाट भनेजस्तो उपयोग गर्न नपाउदा हामीले भोग्नु परेको समस्या हामी सबैलाई अवगत नै छ ।

तसर्थ यो इन्टरनेट जमानाको दुनियाँ संसारमा मैले यो पत्र लेख्नु पर्ने थिएन सायद भरपर्दो ईन्टरनेट सेवा सुबिधा भएको भए आज हामी सिधै कुराकानी गर्ने थियौ। साथै भेदभावपुर्ण नरहेको समाजको श्रीजना होस वडापालिका बाट बिजय भएका वडा अध्यक्षहरुले गाउँ घरको सभ्य र समृद्धि समाजको निर्माणमा अग्रसरता रहेर  मेरो गाउँपालिकामा जहाँ पाटी पाटी बीचको बिरोध ले गर्दा घर आगन बाटो मुख बन्द गर्नु मेरो गाउँमा यस्तो क्रियाकलापबाट सचेत रहोस सरकार मा जस्को मन्त्री रहदा मेरो पाटिले ल्याएको बिकास हो भनेर समाज विवाद गर्नेहरुको मस्तिष्कमा नयाँ सोचको लागि जनचेतनामूलक कार्यक्रम चलोस अहिलेको स्थानीय तहको चुनावले पनि धेरै का आमाबुबा दाजुभाइ दिदिबहिनी हरुको समाज वरिपरि संग केही मनमुटाव पनि श्रीजना गरेको छ। यस्ता खालका क्रियाकलाप बाट टाढा रहोस मेरो गाउँ पालिका जिल्लाकै नमूना गाउपालिका बन्न सफल होस  भन्ने कामना गर्दछु । 

चोम बिष्ट, रोल्पा, हाल: कतार 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने