Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय बम्जन पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ | मकवानपुरमा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

बागमती गाउँपालिका-३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइतेसिंह बम्जन पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो।

बम्जनले ११ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।