2026-09-27 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिने बित्तिकै पानामा नहर कब्जा गर्ने धम्की दोहोर्‍याएका थिए ।

ट्रम्पसँग अहिले विश्वको सबैभन्दा शक्तिशाली सेना छ, यदि उसले धम्की दियो भने अमेरिकाले सेना पठाएर यो रणनीतिक नहर कब्जा गर्ने प्रयास गर्न सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

तर, ट्रम्पको धम्कीपछि पानामाले भने संयुक्त राष्ट्र संघको बाटो हेरेको छ । पानामाको तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखिएको छ ।

यस पत्रमा पानामाले संयुक्त राष्ट्र बडापत्रको त्यो धारालाई उद्धृत गरेको छ, जसले देशको भौगोलिक अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध बलको प्रयोग वा धम्कीलाई रोक्ने क्षमता राख्छ । ट्रम्पको धम्कीलाई चिन्ताजनक भन्दै पानामाले यसबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा छलफल गर्नुपर्ने बताएको छ, यद्यपि, पत्रमा तत्काल सुरक्षा परिषदमा बैठक बोलाउन माग भने उसले गरेको छैन ।

यसअघि ट्रम्पले चुनावी भाषणको क्रममा दिएको पानामा नहरसँग सबन्धित अभिब्यक्तिका बारेमा पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले अमेरिकाले पानामालाई नहर उपहार दिएको भन्दै ट्रम्पको दाबीलाई अस्वीकार गरेका थिए । स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चमा मुलिनोले भने, ‘ट्रम्पले भनेका सबै कुरालाई हामी पूर्ण रूपमा अस्वीकार गर्छौं। पहिलो, यो झूट हो र दोस्रो, पानामा नहर पानामाको हो र सधैं पानामाको रहनेछ। पानामा नहर अमेरिकाले दिएको उपहार वा सहयोग थिएन।’

सोमबार भएको सपथ ग्रहण कार्यक्रममा ट्रम्पले पानामा नहरको स्वामित्व अमेरिकाले लिने बताउँदै चीनको निगरानी हटाउने घोषणा गरेपछि पानामाले राष्ट्र संघ गुहारेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह