२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यू-१९ विश्वकप : नेपाली बलर हाबी हुँदा १० ओभरमा मलेसियाको २१ रन

११ माघ २०८१, शुक्रबार १३:३७

काठमाडौँ | आईसीसी यू– १९ विश्वकप क्रिकेटमा अहिले नेपालले मलेसियासँग खेलिरहेको छ।

जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले खराब प्रदर्शन गरेको छ।

नेपाली बलरसामु मलेसियाका ब्याटर निरिह देखिएका छन्। १० ओभरको खेल सकिँदा मलेसियाले ५ विकेट गुमाएर मात्रै २१ रन बनाएको छ।

मलेसियाविरुद्ध कप्तान पूजा महतो र रचना चौधरीले समान २ तथा रिया शर्माले एक विकेट लिइन्। पूजाले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट हात पार्दा रचनाले २ ओभरमा एक मेडन राख्दै ४ रन खर्चिइन्। रियाले ४ ओभरमा एक मेडनसहित ५ रन मात्रै खर्चिएकी हुन्।

मलेसियाका दुई ब्याटर शून्य रनमै आउट हुँदा तीन ब्याटरले ५ रन माथि बनाउन सकेनन्। नुनीले ४ रन बनाउँदा हुस्ना र कप्तान नूर दानिया सुहादाले समान ५ रन बनाए।

नेपाल समूह डी मा र मलेसिया समूह ए मा रहेका थिए। तर दुवै टोली सुपर ६ बाट बाहिरिएकाले प्लेअफमा भिड्न लागेका हुन्।

नेपाल यसअघि समूहमा बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित भएको थियो।

उता मलेसिया भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो। आज दुवै टोली सान्त्वना जितको खोजीमा छन्। मलेसिया आयोजकका रूपमा पहिलो पटक विश्वकपमा सहभागी भएको हो। नेपाल भने एसिया छनौटबाट विजयी हुँदै विश्वकपमा पुगेको हो।

प्लेअफपछि चार टोलीको १३ औँदेखि १४ औँ स्थानसम्म तय हुनेछ। १२ टोली भने दुई समूहको सुपर ६ मा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने