२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर

१४ माघ २०८१, सोमबार १७:५३

काठमाडौँ | भारतका फास्ट बलर जसप्रित बुमराह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेटर अफ द इयर बनेका छन् । उनलाई सोमबार आईसीसीले सो अवार्ड दिने घोषणा गरेको हो । बुमराहले २०२४ मा टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिएका थिए ।

उनले गत वर्ष १३ टेस्ट क्रिकेटमा १४.९२ को औसतमा ७१ विकेट लिए । हालै अस्ट्रेलियामा भएको बोर्डर गावस्कर ट्रफीमा पनि बुमराहले सर्वाधिक विकेट लिएका थिए । उनले पाँच टेस्टमा ३२ विकेट लिएका थिए । आधुनिक क्रिकेटमा बुमहरा सबैभन्दा लिथल फास्ट बलर मानिन्छन् ।

उनको यसै प्रदर्शनका आधारमा आईसीसीले टेस्ट क्रिकेटर अफ द इयर घोषणा गरेको हो । बुमराहले घरेलु र विदेशी दुबै पिचमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बुमराहसँगै यो अवार्डका लागि इंगल्यान्डका जोय रुट र ह्यारी ब्रुक तथा श्रीलंकाका कामान्दु मेन्डिस प्रतिस्पर्धामा थिए ।

आईसीसीले टेस्ट टिम अफ द इयरमा पनि बुमराहलाई समावेश गरेको छ । जसको कप्तान भने अस्ट्रेलियन कप्तान पाट कमिन्स छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?