2026-10-09 07:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ब्राजिलियन क्लब सान्तोसमा फर्कदै नेइमार

काठमाडौँ । साउदी प्रो लिग अल हिलालबाट बाहिरिएका ब्राजिलका सुपरस्टार फुटबलर नेइमार आफ्नो पुर्व ब्राजिलियन क्लब सान्तोस फर्किने भएका छन् ।

उनले सान्तोसमा आफ्नो पारिश्रमिकमा ठुलो कटौती गर्दै जान लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मिडिया रिपोर्टमा नेइमारले क्लबमा हिस्सेदारी समेत लिनसक्ने बताइएको छ ।

अल हिलालमा डेढ मिलियन युरो प्रति साता पारिश्रमिक लिइरहेका नेइमारले सान्तोसमा कति पारिश्रमिक लिन्छन भन्ने चासो सबैमा रहेको छ । तर सान्तोसमा खेलाडीको उच्च पारिश्रमिक नै प्रतिसाता २५ हजार युरो रहेको बताइएको छ । यस अवस्थामा नेइमारले बढीमा प्रतिसाता ५० हजार युरोसम्म पारिश्रमिक लिन सक्ने बताइएको छ ।

नेइमार सान्तोसमा फर्किनुको मुख्य कारण आफ्नो फिटनेसलाई ध्यानदिनु रहेको बुझिएको छ । फिटनेस सहित उनले आगामी विश्वकप खेल्ने तयारीका लागि नेइमार ब्राजिल फर्किएको विश्लेषण गरिएको छ ।

अल हिलालमा उनको बिर्सन लायक समयपछि ३२ बर्षिय नेइमारको फिटनेस सहि भएमा अझै धेरै फुटबल बाँकी रहेकाले सान्तोसमा उनले फिटनेसलाई नै प्रमुख प्राथमिकता दिने भएका छन् । अल हिलालका लागि उनले कुल ७ खेल खेलेका नेइमारले साउदी लिगमा भने केवल ३ खेल खेलेका छन् ।

अल हिलालले २०२३ मा नेइमारलाई फ्रेन्च क्लब पिएसजीबाट ९० मिलियन युरो तिरेर भित्र्याएको थियो । अल हिलालले नेइमारलाई बार्षिक करिब सय मिलियन युरो पारिश्रमिक दिने गरेको थियो । नेइमार खेल्न नसक्ने भएपछि अल हिलालले आफ्नो ठुलो आर्थिक दायित्वबाट बच्न सम्झौता रद्द गर्न नेइमारमाथि दबाब बढाएको थियो ।

गत सिजनमा सिरी बी मा रेलिगेट भएको सान्तोस यस सिजनमा भने सिरी ए मा बढुवा हुने निश्चित रहेको छ । नेइमारले २००९ मा सान्तोसका लागि डेभ्यु गरेका थिए । २०१३ मा बार्सिलोना जानु अघि नेइमारले सान्तोसका लागि २२५ खेलमा १३६ गोल गरेका थिए । सो अवधिमा नेइमारले सान्तोसमा तीन सिजन सिरी ए को उपाधि जितेका थिए भने एक सिजन उपविजेता बनेका थिए । त्यस्तै एक सिजन कोपा ब्राजिल र २०११ मा कोपा लिबरटाडोरेज जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल