२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा सडक दुर्घटनामा परि ३ नेपालीको मृत्य

२०८१, १९ माघ शनिबार १३:११

काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी ३ नेपाली कामदारको मृत्यु भएको छ। साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन्। सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको कर्मचारी यादवले जानकारी दिए ।

घटना मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताए ।

दक्षिणी बन्दराह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा १५ नागरिक मारिएको साउदी प्रेस एजेन्सीले जनाएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

सडक दुर्घटनामा ९ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन