२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानकी इश्वरि बिकको याचना– ‘विन्ती मलाइ बचाउनुस्’

६ श्रावण २०७४, शुक्रबार १०:३३


साउन ६, सल्यान । दुबै मिर्गौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने भएपछि सल्यानकी इश्वरि बिकले सक्दो सहयोग गरेर आफुलाइ बचाइदिन अनुनय गरेकि छिन् । 

त्रिवेणि गाउँपालिका वडा नम्बर ६ तिमिले श्रीचौर निवासि डिल्ली बहादुर विककी ४९ वर्षिय श्रीमती इश्वरिले घरको आर्थीक अवस्था साह्रै कमजोर भएको र भएको रकम पनि सबै सकिएकोले मिर्गौला प्रत्यारोपणका लागी सहयोगको याचना गरेकि हुन् । उनले टेलिफोनमा भनिन्– ‘तपाइको थोरै सहयोगले मैले जीवन पाउन सक्छु, विन्ती छ मलाइ बचाउनुस् ।’

उनले अहिले कोहलपुर स्थीत शिक्षण अस्पतालमा डाइलोसिस गराइरहेकी छिन् । २०७३ को जेठमा विरामीले थला परेकी इश्वरिको दुवै मिर्गाैला फेल भएको शिक्षण अस्पताल काठमाण्डौमा परिक्षण गर्दा पत्ता लागेको थियो । उनका श्रीमान डिल्लीले आफु बैदेशिक रोजगारको शिलशिलामा साउदीमा रहँदा श्रीमती विरामी परेपछि घर फर्किएर अहिले सम्म निरन्तर उपचारमै लागिपरेको जनाए ।

उपचार गर्दागर्दै आफुसंग भएको १४ लाख रुपैया सबै सकिएको जनाउँदै उनले अव मिर्गौला प्रत्यारोपणका लागी आर्थीक अभाव रहेको जनाए । उनका अनुसार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारि छ । जसका लागी उनी श्रीमतीलाइ लगेर यहि साउन १४ गते सम्म काठमाण्डौ जाने तयारिमा रहेका छन् ।

तर काठमाण्डौ जान, बस्न, खान समेत पैसाको अभाव रहेकोले डिल्लीले त्रिवेणि गाउँपालिकाको ६ नम्बर वडा कार्यालयले आर्थीक सहयोग संकलनका लागी बनाइदिएको शिफारिस बोकेर सहयोगी हातहरु खोज्दै हिडिरहेका छन् ।

उनले सहयोग गर्न चाहने इच्छुक समूह, संस्था वा व्यक्तिलाइ कुमारि बैंकमा रहेको खाता नम्बर ३५ २२ ५२ ४६ ९१ ३४ ०० १३ मा सक्दो रकम जम्मा गरिदिन वा मोवायल नम्बर ९८१६५५४००८ मा फोन गर्न अनुरोध गरेका छन् । घरपरिवारमा एक छोरा र बुहारि मात्रै रहेको जनाउँदै डिल बहादुरले इश्वरिको उपचारका लागी छोरावुहारिले पनि केहि सहयोग नगरेको दुःखेसो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य