2026-09-18 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदूरपश्चिममा बालविवाह गर्ने प्रचलन अझै पनि कायमै

साउन ६, डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ । महिनावारी हुनु भन्दा अगाडि नै छोरीलाई विवाह गरी दिए पुण्य प्राप्त हुने अर्थात धर्म कमाइने भन्ने अन्ध विश्वासले बाल विवाहको प्रचलन कायमै रहेको हो ।

यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला तथा डोटीमा उमेर नपुग्दै विवाह गरिदिने प्रचलन कायमै रहेको छ । यहाँका जिल्ला सदरमुकाममा  बाल विवाहका जोडी डोली र घोडा चढेर जाँदै गर्दा समेत उनीहरुलाई कसैले पनि रोक्न नसक्दा बाल विवाह झनै कायमै रहेको स्थायीबासिन्दाहरु बताउँछन् ।

उनीहरु भन्छन् ‘बाल विवाहको अन्त्यका लागि खुलेका संघ संस्था तथा बाल विवाह रोक्ने अधिकार पाएको स्थानीय प्रशासन त मौन छ अरुलाई के चासो ।’ कानूनमा विवाहका लागि अभिभावकको मञ्जुरीमा भए केटा र केटीको उमेर १८ वर्ष र आफूखुसी अर्थात कानूनी विवाह गर्ने हो भने २० बर्वा पुगेको हुनपर्ने प्रावधान रहेको जिल्ला प्रशासन कार्यालय डोटीका सूचना  अधिकारी केशव लामिलानेले बताउनुभयो ।

कानूनले बाल विवाह गराउनेमा संलग्न सबैलाई कानूनी सजाय तोकेको भएपनि सुदूरपश्चिममा हालसम्म कसैलाई पनि सजाय गरेको छैन । बाल विवाह नियन्त्रणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्था क्रियाशिल भएपनि बढ्दो बाल विवाह भने नियन्त्रण गर्न सकेका छैनन् । स्थानीयबासीका अनुसार सुदूरपश्चिममा कम्तीमा पनि ७० प्रतिशत बालविवाह हुने गरेकोे छ ।

बाल विवाह नियन्त्रण गर्न जिल्लामा रहेका सरोकारबाला संघ संस्थाहरुले खासै चासो नदेखाएको र यहाँका जिल्लाबासीहरुमा जन चेतनाको कमीका कारण बाल विवाह दिन प्रतिदिन बढ्दै जान थालेको दिपायलका स्थानीय बासिन्दा जगत बलायरले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘महिनावारी हुनुभन्दा पहिले छोरीको बिहे गरे पुण्य पाइन्छ भन्ने अन्ध विश्वास हटाउनु पर्‍यो तबमात्र रोकिन्छ यहाँको बाल विवाह ।’ सानै उमेरमा विवाह गरिँदा सुदूरपश्चिमका केही महिलाले बच्चा पाउने बेला ज्यान गुमाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई