2026-09-19 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यी हुन् २०२४ मा सर्वाधिक कमाउने १० खेलाडी: रोनाल्डो, मेस्सीदेखि नेयमारसम्म कसको कति?

एजेन्सी | पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो २०२४ मा पनि विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। उनले यस वर्ष २६० मिलियन अमेरिकी डलर आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्।

यो संख्या केवल उनलाई खेलाडीहरूको आम्दानी सूचीको शिखरमा पुर्‍याउने मात्र होइन, यस वर्ष २०० मिलियन डलर भन्दा बढी कमाउने पहिलो एथ्लिट पनि बनाएको छ।

स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पोर्टिको सार्वजनिक गरेको नयाँ सूची अनुशार शीर्ष एक सयको सूचीमा फुटबल, एनबीए, एनएफएल, गल्फ र बक्सिङका खेलाडीले वर्चश्व जमाएका छन्। यी खेलाडीले संयुक्त रूपमा गत वर्ष ६ दशलमव २ बिलियन अमेरिकी डलर आम्दानी गरेको बताइएको छ। जसमा ४ दशमलव ८ बिलियन डलर पारिश्रमिक र पुरस्कार राशि तथा १ दशलमव ४ बिलियन डलर इन्डोर्समेन्टबाट प्राप्त भएको हो।

रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासारसँगको आकर्षक सम्झौता कारण लगातार दोस्रो वर्ष सर्वाधिक महँगो खेलाडी बनाएको हो।

उनको कुल आय २६० मिलियन डलर छ। गत साता आफ्नो ४० औं जन्मदिन मनाएका रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक र ४५ मिलियन डलर इन्डोर्समेन्टबाट कमाएको स्पोर्टिकोले उल्लेख गरेको छ।

दोस्रो स्थानमा एनबीए क्लब गोल्डेन स्टेट वारियर्सका स्टेफन करी छन्। उनको गत वर्षको आम्दानी १५३ दशलमव ८ मिलियन डलर थियो। जुन रोनाल्डोको भन्दा एक सय मिलियन डलरभन्दा बढीले कम हो।

बिट्रिस बक्सर टाइसन फ्युरी १४७ मिलियिन डलरका साथ तेस्रो स्थानमा रहे। शीर्ष पाँचभित्र अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पनि छन्। उनको आम्दानी १३५ मिलियन डलर छ।

एन्जल्स लेकर्सका फरवार्ड लेवोर्न जेम्स पाँचौं स्थानमा परेका छन्। उनी एनबीए खेल्ने एक मात्र ४० वर्षका एथ्लिट हुन्। शीर्ष एक सयभित्र २७ देशका आठ खेलका खेलाडी परेका छन्।

२०२३ मा अमेरिकाकी टेनिस खेलाडी कोको गौफ महिलातर्फ सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेकी थिइन्। यस वर्ष उनले ३०.४ मिलियन डलर आम्दानी गरेकी छन्। तर, यो रकम शीर्ष १०० मा पर्न पर्याप्त भएन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई