२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यी हुन् २०२४ मा सर्वाधिक कमाउने १० खेलाडी: रोनाल्डो, मेस्सीदेखि नेयमारसम्म कसको कति?

२ फाल्गुन २०८१, शुक्रबार १३:१२

एजेन्सी | पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो २०२४ मा पनि विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्। उनले यस वर्ष २६० मिलियन अमेरिकी डलर आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्।

यो संख्या केवल उनलाई खेलाडीहरूको आम्दानी सूचीको शिखरमा पुर्‍याउने मात्र होइन, यस वर्ष २०० मिलियन डलर भन्दा बढी कमाउने पहिलो एथ्लिट पनि बनाएको छ।

स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पोर्टिको सार्वजनिक गरेको नयाँ सूची अनुशार शीर्ष एक सयको सूचीमा फुटबल, एनबीए, एनएफएल, गल्फ र बक्सिङका खेलाडीले वर्चश्व जमाएका छन्। यी खेलाडीले संयुक्त रूपमा गत वर्ष ६ दशलमव २ बिलियन अमेरिकी डलर आम्दानी गरेको बताइएको छ। जसमा ४ दशमलव ८ बिलियन डलर पारिश्रमिक र पुरस्कार राशि तथा १ दशलमव ४ बिलियन डलर इन्डोर्समेन्टबाट प्राप्त भएको हो।

रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोलाई साउदी प्रो लिग क्लब अल नासारसँगको आकर्षक सम्झौता कारण लगातार दोस्रो वर्ष सर्वाधिक महँगो खेलाडी बनाएको हो।

उनको कुल आय २६० मिलियन डलर छ। गत साता आफ्नो ४० औं जन्मदिन मनाएका रोनाल्डोले २१५ मिलियन डलर पारिश्रमिक र ४५ मिलियन डलर इन्डोर्समेन्टबाट कमाएको स्पोर्टिकोले उल्लेख गरेको छ।

दोस्रो स्थानमा एनबीए क्लब गोल्डेन स्टेट वारियर्सका स्टेफन करी छन्। उनको गत वर्षको आम्दानी १५३ दशलमव ८ मिलियन डलर थियो। जुन रोनाल्डोको भन्दा एक सय मिलियन डलरभन्दा बढीले कम हो।

बिट्रिस बक्सर टाइसन फ्युरी १४७ मिलियिन डलरका साथ तेस्रो स्थानमा रहे। शीर्ष पाँचभित्र अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी पनि छन्। उनको आम्दानी १३५ मिलियन डलर छ।

एन्जल्स लेकर्सका फरवार्ड लेवोर्न जेम्स पाँचौं स्थानमा परेका छन्। उनी एनबीए खेल्ने एक मात्र ४० वर्षका एथ्लिट हुन्। शीर्ष एक सयभित्र २७ देशका आठ खेलका खेलाडी परेका छन्।

२०२३ मा अमेरिकाकी टेनिस खेलाडी कोको गौफ महिलातर्फ सर्वाधिक कमाउने खेलाडीको सूचीमा परेकी थिइन्। यस वर्ष उनले ३०.४ मिलियन डलर आम्दानी गरेकी छन्। तर, यो रकम शीर्ष १०० मा पर्न पर्याप्त भएन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो