2026-07-28 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीको रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् ।

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो ।

दिल्ली फायर सर्भिसले एक आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू नयाँ दिल्ली रेलवे स्टेसनमा पठाएको थियो। यसबाहेक घटनास्थलबाट एम्बुलेन्सहरुले पनि घाइतेको उघार गरिरहेका छन् । रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिरहेका छन् ।

रेल मन्त्रालयका अनुसार राति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा जम्मा भएका थिए । सबैलाई यो नै आजको अन्तिम रेल हो भन्ने लाग्यो अनि सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै