Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कतारमा सडक दुर्घटनामा परी युवा उद्यमी तथा समाजसेवी आचार्यको मृ-त्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी झविन्द्र आचार्यको सडक दुर्घटनामा मृत्यु भएको छ ।

गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका ४० वर्षीय झविन्द्र आचार्यको सडक दुर्घटनामा परि मृत्यु भएको हो |

दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटले मृत्यु भएको जनाएको हो । उनको सब सनैया स्थित हमाद हस्पिटलको मर्चरी सेन्टरमा राखिएको छ ।

आचार्य गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए ।