८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

बोल्न नसक्ने युवतीलाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

१९ फाल्गुन २०८१, सोमबार १५:१४

अर्घाखाँची | घरमा काम गर्न राखेकी (बोल्न नसक्ने तथा बौद्धिक अपाङ्गता) भएकी युवतीलाई करणी गरेको आरोपमा अर्घाखाँचीमा एक पुरुष पक्राउ परेका छन् ।

सन्धिखर्क नगरपालिका १२ कल्लाबोटका ६३ वर्षीय गोबिन्द बस्यालले बौद्धिक अपाङ्गता भएकीे २६ वर्षीया युवतीलाई पटकपटक करणी गरेको आरोपपछि फरार रहेको अवस्थामा भारतबाट फर्कने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।

महिलाको पेटमा बच्चा बसेको थाहा पाएपछि उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । गत जेष्ठ ३२ गते प्रहरीमा उजुरी परेको थाहा पाएलगत्तै आरोपित बस्याल फरार रहेका थिए ।

बोल्न नसक्ने तथा मानसिक रुपमा समेत अपाङ्गता भएकी ती महिला बस्यालको घरमा समय–समयमा गोबर फाल्ने, घर सफा गर्ने लगायतका काम सघाउन आउने गरेकी थिइन् । पीडित महिलाले उनै पुरुषको गर्भ बसेपछि छोरा जन्माएकी छन् । उनले गत कात्तिक २८ गते छोरा जन्माएको प्रहरीले जनाएको छ ।

घरमा काम गर्न आएको समयमा युवतीलाई उनले पटक–पटक करणी गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो । महिला बोल्न नसक्ने र बौद्धिक अपाङ्गता भएका कारण आफन्त तथा छिमेकीले उनको पेटमा बच्चा बसेपछिमात्रै घटना थाहा पाएका थिए ।

फरार रहेका ती पुरुष भारतको लखनउबाट घर आउँदै गर्दा सन्धिखर्क बसपार्कबाट पक्राउ परेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगन्नाथ मरासिनीले बताए । उनलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी